• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सात महिनापछि न्याम्सले पायो उपकुलपतिसहित पदाधिकारी , उपकुलपतिमा प्राडा डीएन साह नियुक्त

March 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सात महिनापछि न्याम्सले पायो उपकुलपतिसहित पदाधिकारी , उपकुलपतिमा प्राडा डीएन साह नियुक्त

हेल्थ टुडे,

काठमाडौँ, १ चैत : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले सात महिनापछि उपकुलपतिसहित पदाधिकारी पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी ओलीबिच भागबण्डा नमिल्दा सात महिनासम्म नयाँ पदाधिकारी नियुक्त हुन सकेका थिएनन । बिहीबार भागबण्डा मिलेपछि शुक्रबार उपकुलपति सबै पदाधिकारी नियुक्त गरिएको हो । न्याम्सको उपकुलपतिमा प्राडा डीएन साह नियुक्त भएका छन् । उनलाई शुक्रबार राती  बालुवाटारमा भएको कार्यक्रममा न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । त्यस लगत्तै सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्राडा साहलाई उपकुलपतिको सपथग्रहण गराएका थिए । उपकुलपतिको सिफारिसमा न्याम्सका बाँकी पदाधिकारीहरुको समेत नियुक्ती भएको छ । न्याम्सको रेक्टरमा प्राडा सुवोध अधिकारी, रजिष्टारमा प्रा प्रमिला देवान र डीनमा प्राडा पिउस दाहाल रहेका छन् ।

यस्तै बीर अस्पतालको निर्देशकमा डा केदार सेन्चुरी नियुक्त भएका छन । सबै पदाधिकारीहरुलाई कुलपतिको उपस्थितिमा सहकुलपति यादवले सपथ गराएका छन् । सरकारले रिक्त उपकुलपतिको रिफारिस गर्न स्वास्थ्य मन्त्री यादवको अध्यक्षतामा बनाएको समितिले असोजको पहिलो हप्ता नै नियुक्तीमा लागि ३ जना वरिष्ठ चिकित्सकहरुको नाम सिफारिस गरेको थियो । उपकुलपति नियुक्त भएका प्रा.डा. शाह, वीर अस्पतालका नाक, कान, घाटी विशेषज्ञ डा. ढुण्डीराज शर्मा र कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विज्ञ डा. अजित राइमाझीको नाम सिफारिस गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य
Next article मकवानपुरमा बर्डफ्लु देखिएपछि आसपासका जिल्लामा पनि उच्च सतर्कता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133240
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

51
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web