• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा

November 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा

हेल्थ टुडे,
एजेन्सी,१६ कात्तिकः भारतको राजधानी नयादिल्लीमा स्वास्थ्य संकटकाल (हेल्थ इमरजेन्सी) घोषणा गरिएको छ । राजधानी दिल्लीमा प्रदूषणको स्तर बढेपछि त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको हो । केजरीवाल सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट बच्न मास्क वितरण गरिएको थियो । दीपावलीपछि दिल्लीको हावा निकै खराब भएको थियो । दिल्लीका आमनागरिकलाई स्वास फेर्न समेत अप्ठ्यारो भइरहेको सञ्चारमाध्यमहरुले जनाएका थिए । पछिल्ला दिनहरुमा अस्पतालमा बिरामीहरुको संख्या निरन्तर बढिरहेको छ ।

नयादिल्लीको हावामा प्रदूषणका खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मानक भन्दा २० गुणा अधिक पुगेको जनाइएको छ । हावाको गुणस्तरमा आएको गम्भीर गिरावटलाई मध्य नजर राख्दै त्यहाँको सर्वोच्च अदालतले दिल्लीका साथै छिमेकी राज्यमा पनि केही कुराहरुमा प्रतिबन्ध लगाउने आदेश दिएको छ ।

पर्यावरण प्रदूषण प्राधिकरणले पाँच नोभेम्बरसम्म सबै किसिमका निमार्णको कार्यमा रोक लगाएको छ । यसअघि पनि पटक–पटक नयाँदिल्लीमा अत्यधिक वायु प्रदुषण हुने गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुपोषणविरूद्ध राष्ट्रिय अभियान सुरु
Next article औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134256
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web