• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

January 6th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

हेल्थ टुडे,
काठमाडौँ, २२ पुष : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण  र डायलासिस सेवा विस्तार गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ । जसको सुरुवात गण्डकी प्रदेशबाट सुरु हुने भएको छ । त्यसपछि सुदूरपश्चिम गर्दै सात वटै प्रदेशमा प्रत्यारोपण र डायलासिल सेवा सञ्चालन हुने छन् । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।

प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ‘सातै प्रदेशमा प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्ने प्रयोजनअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्न लागेका हौं,’ डा. श्रेष्ठले भने । यसअघि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तालिम लिएका जनशक्तिबाटै सुमेरु अस्पताल, किस्ट मेडिकल कलेज, निदान अस्पताल तथा भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा मिर्गौला प्रत्यारोपण सुरु भएको पनि उनले जानकारी दिए । डा. श्रेष्ठका अनुसार निकट भविश्यमै सातवटै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने छन् । देशमा अहिले हरेक वर्ष ३ हजार बढीको मिर्गौला फेल हुने गरेको तथ्यांक छ ।
प्रतिष्ठानले प्रदेशअन्तर्गत विभिन्न स्थानमा डायलासिस सेवासमेत विस्तार गर्ने भएको छ । प्रतिष्ठान र केन्द्रबीचको समझदारी पत्रमा प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्न प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने उल्लेख छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अहिलेसम्म ८ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । यो देशको सरकारी स्तरबाट सञ्चालित एक मात्र अंग प्रत्यारोपण अस्पताल हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंग प्रत्यारोपण समाज, नेपालको अध्यक्षमा डा. पुकार
Next article सोसाइटी अफ इन्टरनल मेडिसिनमा डा.मास्के

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web