• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

January 6th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

हेल्थ टुडे,
काठमाडौँ, २२ पुष : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण  र डायलासिस सेवा विस्तार गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ । जसको सुरुवात गण्डकी प्रदेशबाट सुरु हुने भएको छ । त्यसपछि सुदूरपश्चिम गर्दै सात वटै प्रदेशमा प्रत्यारोपण र डायलासिल सेवा सञ्चालन हुने छन् । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।

प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ‘सातै प्रदेशमा प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्ने प्रयोजनअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्न लागेका हौं,’ डा. श्रेष्ठले भने । यसअघि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तालिम लिएका जनशक्तिबाटै सुमेरु अस्पताल, किस्ट मेडिकल कलेज, निदान अस्पताल तथा भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा मिर्गौला प्रत्यारोपण सुरु भएको पनि उनले जानकारी दिए । डा. श्रेष्ठका अनुसार निकट भविश्यमै सातवटै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने छन् । देशमा अहिले हरेक वर्ष ३ हजार बढीको मिर्गौला फेल हुने गरेको तथ्यांक छ ।
प्रतिष्ठानले प्रदेशअन्तर्गत विभिन्न स्थानमा डायलासिस सेवासमेत विस्तार गर्ने भएको छ । प्रतिष्ठान र केन्द्रबीचको समझदारी पत्रमा प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्न प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने उल्लेख छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अहिलेसम्म ८ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । यो देशको सरकारी स्तरबाट सञ्चालित एक मात्र अंग प्रत्यारोपण अस्पताल हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्त्री क्यान्सर रोग समाज,नेपालले मनायो आफ्नो तेश्रो स्थापना दिवस
Next article अंग प्रत्यारोपण समाज, नेपालको अध्यक्षमा डा. पुकार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2319
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web