• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषदको सुदूरपश्चिममा साखा विस्तार,काउन्सिलरमा डा.अन्सारी नियुक्त

January 18th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषदको सुदूरपश्चिममा साखा विस्तार,काउन्सिलरमा डा.अन्सारी नियुक्त

हेल्थ टुडे,
काठमाडौं, ५ माघ : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सुदूरपश्चिम प्रदेशमा आफ्नो साखा विस्तार गरेको छ । परिषदले सुदूरपश्चिम प्रदेश स्वास्थ्य अनुसन्धान काउन्सिलरमा डा.मेराज आलम अन्सारीलाई नियुक्त गरेको छ । काउन्सिलर नियुक्त गरेसँगै परिषदले छिट्टै साखा कार्यालय स्थापना गरेर सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानका गतिविधि अगाडि बढाइने परिषदका कार्यकारी सदस्य सचिव डा.प्रमोद जोशीले जानकारी दिए ।
स्वास्थ्यका क्षेत्रमा विभिन्न अनुसन्धान गर्ने र गराउने जिम्मेवारी पाएको परिषदले देशका सात वटै प्रदेशमा स्वास्थ्य अनुसन्धान परिषद्का साखा विस्तार गर्न क्रममा सुदूरपश्चिम प्रदेशमा साखा विस्तार गरेको हो । विसं २०४७ सालमा स्थापना भएको स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने र गराउनुका साथै अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धानका प्राथमिकताका क्षेत्र तोक्ने काम गर्छ । परिषद्का सदस्य सचिव डा. जोशीका अनुसार संविधानको मर्म अनुरुप संघीय, प्रादेशिक र स्थानिय सरकारसँग समुन्वय, सहजीकरण र सहकार्य गर्दै स्वास्थ्य अनुसन्धान प्रणालीलाई संघिय संरचना अनुरुप विकास र विस्तार गर्न सुदूरपश्चिममा साखा विस्तार गरिएको हो ।
स्वास्थ्य अनुसन्धानका विषयमा सुदूरपश्चिम सरकारसँग पनि सकारात्मक कुराकानी भइरहेको डा. जोशीले बताए । सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयले पनि बजेट नै विनियोजन गरेर स्वास्थ्य अनुसन्धानका क्षेत्रका काम गर्ने योजना बनाएको र त्यसलाई सहयोग पुग्ने गरि परिषद सहकार्य गर्दै अगाडि बढ्ने जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धान परिषदको साखा विस्तार नभएकाले त्यहाँ स्वास्थ्य अनुसन्धानका विषय अगाडि बढ्न सकेका छैनन् । साखा विस्तार भएपछि आवश्यकता र औचित्यताका आधारमा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानका गतिविधि अगाडि बढ्ने नव नियुक्त काउन्सिलर डा.अन्सारीले बताए । डा.अन्सारी नेपाल चिकित्सक संघका सुदूरपश्चिम प्रदेश सचिव हुन । उनी निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर हुन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहरिया भइरहेकाछन् खाएरै रोगी
Next article पक्षाघातको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134455
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web