• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

May 26th, 2016 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
नेपाल प्रेस युनियनले पत्रकार उपचारका लागि करोड रुपैया रासीको कोष स्थापना गरेको छ । प्रेस युनियन स्थापनाको रजत महोत्सवको अवसरमा बिहीबार राजधानीको आनन्द पार्टी भेन्यूमा आयोजना गरिएको बिशेष कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु सिवाकोटीले आर्थिक अभावका कारण उपचार नपाएका पत्रकारलाई सघाउन एक करोड रुपैया रासीको कोष स्थापना गरिएको घोषणा गरेका हुन ।
कोषमा एक वर्षभित्र एक करोड रुपैया संकलन गरिने छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, विमलेन्द्र निधि, अर्जुननरसिहं केसी, पूर्णबहादुर खड्का सहितका नेताहरुको उपस्थितिमा युनियनका महासचिव सिवाकोटीले यो अभियानमा पार्टी, नेता, कार्यक्रता, पत्रकार, सरकार र नागरिक समाजको सहयोग अपेक्षा गरेको बताए । कार्यक्रममा प्रेस युनियनका सदस्य राजाराम कार्कीले ११ हजार रुपैयाको चेक युनियनका अध्यक्ष सिंग्देललाई हस्तान्तरण गर्दै अभियानको सुभारम्भ गरेका थिए ।
युनियनको अभियानमा पार्टीले तन, मन र धनले सहयोग गर्नुका साथै युनियनका लागि आवश्यक पर्ने सहयोगका लागि पार्टीको ढोका सधै खुल्ला रहेको पार्टीका महामन्त्री डा. कोइरालाले बताए । ब्रेन ट्युमरका कारण गत महिना मृत्यु भएका युनियनका सचिव सूर्य क्षेत्रीको उपचारकालागि युनियनले हारगुहार गर्नु परेको घटनाबाट पाठ सिकेर उपचार कोषको अवधारणा ल्याइएको र युनियनले यसलाई पूरा गर्ने महासचिव सिवाकोटीले बताए ।
कार्यक्रमा प्रेस युनियनका स्थापक सदस्यहरुलाई पार्टी सभापति देउवाले सम्मान गरेका थिए । प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहबाट बच्न सानो थाल
Next article एचआईभी संक्रमितका पक्षमा लाग्न विश्व बैंकलाई ज्ञापन

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

एचआईभी संक्रमितका पक्षमा लाग्न विश्व बैंकलाई ज्ञापन

एचआईभी संक्रमितका पक्षमा लाग्न विश्व बैंकलाई ज्ञापन

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web