• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव बरालमाथि चिकित्सकलाई दुरव्यवहार गरेको आरोप

February 15th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव बरालमाथि चिकित्सकलाई दुरव्यवहार गरेको आरोप

हेल्थ टुडे,
काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई चिकित्सकमाथि दुरव्यवहार र गालीगलौज गरेको आरोप लागेको छ । नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य एवं त्रिवि महाराजगन्ज मेडिकल कलेजका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सह प्रा.डा. सतिसकुमार देवले सचिव बरालले चिकित्सकहरुलाई बारम्बार गालीगलौज गर्ने गरेको र आफूमाथि दुरव्यवहार गरेको भन्दै न्याय दिलाई दिन नेपाल चिकित्सक संघमा शुक्रबार निवेदन नै दर्ता गराएका छन । सचिव बराले गर्ने गरेको गालीगलौज र दुरव्यवहारका लागि आफू बाध्य भएर संघमा निवेदन नै दर्ता गराएको डा. देवले बताएका छन । डा. देव स्वास्थ्य विमा बोर्डका सदस्य पनि हुन । सचिव बरालले आफू तथा समग्र चिकित्सकमाथि स्वास्थ्यराज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा गालीगलौज तथा दुरव्यवहार गरेको निवेदनमा उल्लेख गरेका छन् । १ फागुनमा स्वास्थ्यराज्यमन्त्री नवराज राउतसमेतको उपस्थितिमा बिमासम्बन्धी औपचारिक छलफलका लागि राखिएको बैठकमा बरालले आफूलाई व्यक्तिगत गालीगलौज गरेको तथा समग्र चिकित्सकलाई बिकाउको संज्ञा दिएको डा. देवको आरोप छ ।

राज्यमन्त्री राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेत उपस्थित रहेको डा. देवले बताएका छन् । छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य, डा. देव स्वयम् र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यसमेत उपस्थित रहेको उनले जानकारी दिएका छन् ।
बरालले छलफलका बीच सार्वजनिक रूपमा चिकित्सकहरू बिक्ने गरेको अभिव्यक्ति दिएको डा. देवले बताएका छन् । उनका अनुसार बरालले आफू शिक्षासचिव हुँदा ४–५ जना प्राध्यापक आफूलाई ढोग्न आउने गरेको समेत बताएका थिए । यसअघि पनि बरालले अल्फा–बिटा भवन नयाँ बानेश्वरमा औषधि व्यवस्था विभागद्वारा आयोजित कार्यक्रमका बीच ‘चिकित्सकहरू सजिलै बिक्ने’ अभिव्यक्ति दिएका थिए । बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आउनुअघि शिक्षा मन्त्रालयमा सचिव थिए । ५ महिनाअघि शिक्षासचिवबाट स्वास्थ्यमा ल्याइएका थिए । स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएकाले र डाक्टरहरुसँग काम गर्नु पर्दा आफूलाई मन्त्रालय बुझ्नै समय लागिरहेको बराल बताउदै आइरहेका छन् । चिकित्सक संघका नव निर्वाचित अध्यक्ष डा. लोचन कार्कीले आईतबार यस बिषयमा सचिव बरालसँग भेटेर कुरा गर्ने जानकारी दिए । डा. कार्कीले डा. देवको आरोपबारे पहिले राम्ररी बुझ्ने र सत्य पाइएमा चिकित्सकमाथि भएको दुब्र्यवहारविरुद्ध लड्ने उनले बताए ।
अध्यक्ष कार्कीले भने, ‘आरोप सही पाइएमा सचिवज्यूले माफी माग्नुपर्छ । पीडितको न्याय र पीडकलाई दण्डका लागि हामी आधिकारिक निकाय नभए पनि डा. देवले कानुनी उपचारको बाटो लिन चाहेमा हाम्रो सम्पूर्ण सहयोग हुन्छ ।’ हरेक पेसामा केही व्यक्ति खराब हुने र त्यसलाई लिएर समग्र पेसाकर्मीलाई आरोपित गर्न नमिल्ने डा. कार्कीको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको जित, औपचारिक घोषणा मत गणना सकिएपछि भोली
Next article ट्रम्पले लागू गरेको ‘ग्याग रुल’ले विकासोन्मुख देशको प्रजनन स्वास्थ्य सेवा प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web