• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

July 14th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

हेल्थ टुडे,

काठमाडौँ, ३० असार  :  संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ओम्नी समूह मार्फत स्वास्थ्य सेवा विभागले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे सोधपुछ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, पूर्व स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई बोलाएको छ । कोइराला र श्रेष्ठको अहिले सरुवा भइसकेको भए पनि स्वास्थ्य सामग्री खरिदमा उनीहरुको प्रत्यक्ष संलग्नता भएकाले   सोधपुछका लागि बोलाइएको हो ।

समितिको मंगलबार बिहान ११ बजेदेखि बस्ने बैठकमा स्वास्थ्य सामग्री खरिदका बिषयमा सोधपुछ गर्न तिनै जनालाई बोलाइएको सार्वजनिक लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

नेपालमा कोरोनाका संक्रमित भेटिन लागेको र लकडाउन सुरु भएपछि गत चैत दोस्रो साता स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्नका लागि विवादित ओम्नी समूहलाई दिएको थियो ।

उक्त समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा कानुनी अधिकार नभएका मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्कीलाई दिइएको, कानुनी अधिकार भएका सचिव र महानिर्देशकले प्राप्त जिम्मेवारी पूरा नगरेको संसदीय समितिको प्रारम्भिक अध्ययनबाट देखिएको समिति स्रोतले बताएको छ ।

ओम्नी समूहले ठेक्का प्राप्त गरेअनुसार गुणस्तरीय सामग्री नल्याएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप स्वास्थ्य मन्त्रालयका अधिकारीलाई लागेको थियो । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक श्रेष्ठले उक्त समूहलाई कालो सूचीमा राख्ने बताए पनि पछि प्रक्रिया अघि बढाएका थिएनन ।

ओम्नीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले अध्ययन थालेको थियो । सरकार र ओम्नी समूहबीच १ अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सरकारको आलोचना भएपछि विभागका महानिर्देशक श्रेष्ठ र स्वास्थ्य सचिव कोइरालाको सरुवा भएको थियो । कोइराला हाल प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा कार्यरत छन भने श्रेष्ठ कोरोना नियन्त्रण समन्धी समितिमा काजमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नीसँग गरेको स्वास्थ्य सामग्री बिबादमा परेपछि सरकारले स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीको अक्षमताकै कारण स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री किन्ने आफ्नो दायित्व समेत नेपाली सेनालाई सुम्पन भूमिका खेलेको भन्दै जनस्तरबाटै स्वास्थ्य मन्त्रालयको नेतृत्वको आलोचना भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ
Next article औषधी सम्बन्धी समस्या समाधान गर्न डा.देवकोटाको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन , औषधी आयातकर्ता संघको विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132097
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web