• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दन्त सहायकहरुलाई बेवास्ता नगर्न शिक्षा मन्त्रीको चेतावनी

February 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दन्त सहायकहरुलाई बेवास्ता नगर्न शिक्षा मन्त्रीको चेतावनी

शिक्षा मन्त्री धनीराम पौडेलले दन्त सहायक विना जनताले सर्वसुलभ रुपमा दातको उपचार पाउन नसक्ने भएकाले उहाँहरुलाई बेवास्ता गरेर अगाडि नबढ्न स्वास्थ्य मन्त्रालय र डेन्टिस्टहरुलाई चेतावनी दिएका छन् । नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसनको संयुक्त संघर्ष समितिले शनिबार राजधानीमा आयोजना गरेको वृहत संयुक्त भेलामा बोल्दै शिक्षा मन्त्री पौडेलले डेन्टिस्ट र दन्त सहायक दुबैलाई काम गर्ने सहज वातावरण हुने कानून बनाएर अगाडि बढ्न स्वास्थ्य मन्त्रालयलाई सल्लाह दिदै त्यसो भए मात्र जनताले सर्वसुलभ सेवा पाउन सक्ने बताए ।
स्वास्थ्य मन्त्रालयले डेन्टल सम्बन्धि कानून निर्माण गर्दा र यस क्षेत्रमा अवसर सिर्जना गर्दा डेन्टल सहायकलाई बेवास्ता गर्न नहुने बताउदै अहिले दन्त चिकित्सा क्षेत्रमा देखिएको अन्यौल हल गर्न आफूले पनि पहल गर्ने उनले प्रतिवद्घता जनाए । पौडेलले भने, ‘ देशका हरेक स्वास्थ्य संस्थामा डेन्टिस्ट र डेन्टल सहायकको दरबन्दी सिर्जना गर्नु पर्छ । डेन्टिस्टले मात्र उपचार गर्न सक्दैन । यसमा स्वास्थ्य मन्त्रालय गम्भिर हुनु पर्छ । ’
संयुक्त संघर्ष समितिका अध्यक्ष माइकल देवकोटाले डेन्टल सहायकहरुलाई राज्यले सौतेनी व्यवहार गरिरहेको गुनासो गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले डेन्टिस्टहरुलाई मात्र समेटेकोले त्यसलाई नसच्याए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए । उनले भने, ‘दात तथा मुख स्वास्थ्यमा संलग्न डेन्टिस्ट र डेन्टल सहायक दुबैको भूमिका हुनु पर्छ । हामीलाई सौताको व्यवहार गरिनु भएन । ’
सरकारी दरवन्दीमा रहेका २१ जना डेन्टिस्टले ३ करोड जनताको दात तथा मुखको सेवा दिन सक्ने अवस्था नरहेको जानकारी दिदै उनले त्यसका लागि सरकारले स्वास्थ्य चौकीसम्म दन्त सहायकको दरबन्दी सिर्जना गरेर खटाउनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल डेन्टल एसोसिएसनका महासचिव डा. मनोज हुमागाईले डेन्टिस्टको विकल्प डेन्टल सहायक हुन नसक्ने ठोकुवा गर्दै दुबै पक्ष मिलेर काम गर्ने वातावरण बन्नु पर्ने बताए । वीर अस्पताल दन्त विभाग प्रमुख डा. शैली प्रधानले सरकारले मात्र ३ करोड जनताको मुख स्वास्थ्यको उपचार गर्न तत्काल संभव नभएकाले निजी क्षेत्रसंग मिलेर जानु एक मात्र विकल्प भएको बताउँदै डेन्टल सहायकका जायज माग प्रति आफ्नो समर्थन रहेको बताइन ।
डेन्टल सहायकहरुले डेन्टिस्ट नपुगेका दुर्गम जिल्लामा आफुहरुले समान्य दातको उपचार सेवा दिन क्लिनिक सञ्चालन गर्न पाउनु पर्ने माग गरेकाछन् । निर्देशिकाले डेन्टल क्लिनिक खोल्न डेन्टिस्ट हुनै पर्ने व्यवस्था गरेको छ । आफूहरुका माग प्रति स्वास्थ्य मन्त्रालय उदासिन भएको आरोप उनीहरुको छ । – हेल्थ टुडे

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति गृहको पनि आफ्नै फार्मेसी
Next article अब एमबिबिएस पास गरेपछि एक वर्ष दुर्गम जानै पर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132401
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web