• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुरु भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट

July 1st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुरु भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट

हेल्थ टुडे,

काठमाडौँ, १७ असार :  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं समिट बिहीबारदेखि भर्चुअल रुपमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त समिटको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन ।  आयोजक नेपाल स्वास्थ्य स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो सभाहलमा सिमिति अतिथिहरुलाई भौतिक रुपमा आमन्त्रण गरेर समिटको पहिलो दिनको उदघाटन् कार्यक्रम सम्पन्न गरेको हो ।

समिटको मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका निर्देशक डा पुनम क्षेत्रपाल सिंहले कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका नेपाली चिकित्सकहरुको अथक प्रयास र नेपाली जनताको अनुशासन पालनको प्रशंसा गर्दै कोभिड १९ को संक्रमण दर घट्दै जानु खुशीको कुरा भएको बताइन । उनले कोभिड १९ को संक्रमण अझै समाप्त भइनसेकाले यसका बिषयमा अझै अध्ययन अनुसन्धान र सतर्कतामा ध्यान दिन आवश्यक रहेको बताइन । नेपालमा भइरहेको स्वास्थ्य तथा जनसंख्या बैज्ञानिक समिटले  स्वास्थ्य अनुसन्धानका क्षेत्रमा ठोस प्रमाण सार्वजनिक गर्ने विश्वास व्यक्ति गर्दै डा. सिंहले समिट सफलताको शुभकामना व्यक्त गरेकी थिइन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठले परिषद्लाई स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अझै क्रियाशिल रहनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा परिषदका अध्यक्ष प्राडा गेहनाथ बराल र उपाध्यक्ष प्राडा गौरबराज ढकालले सम्मेलनको उपलब्धीका बिषयमा चर्चा गरेका थिए ।

समिटमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति , १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

समिटको  पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रीत विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै समिटको  दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् ।

 

जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुब्र्यशन, बाताबरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुनेछ ।

समिटको समापनमा विभिन्न ९ जना उत्कृष्ठ अनुसन्धानकर्तार्लाइ अवार्डद्धारा सम्मानित गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले समिट सफलताका लागि शुुभकामना सन्देश पठाएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश
Next article नेपाल आयल निगमको अत्यावश्यक जानकारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web