• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

March 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

 

क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संगठन ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’ एसिपिएनको अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा.शैलेस प्रधान निर्वाचित भएका छन् । डा. प्रधान काठमाडौं मेडिकल कलेज प्याथालोजी विभागका  प्रमुख र नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य हुन् ।

राजधानीमा शनिबार सम्पन्न भएको एसिपिएनको नवौं राष्ट्रिय अधिवेशनले डा.प्रधानको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा डा. रुना झा, महासचिवमा डा. सुजन शर्मा, सहसचिवमा डा. राकेश पाठक र कोषाध्यक्षमा डा. करिष्मा मल्ल चुनिएका छन् । त्यसैगरि कार्यसमितिको सदस्यहरुमा डा. विदुर वस्ती, डा. निहारिका शाह, डा. रोजन घिमिरे, डा. श्रीया श्रीवास्तव, डा. रेखा मानन्धर र डा. सुमिदा तिवारी रहेका छन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसिपिएनका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले अबिर र माला गलाईदिएर सम्मान गरेका थिए ।

निर्वाचित कार्यसमितिको सम्मानमा केमिकल एण्ड मेडिकल सर्जिकल इक्युप्मेन्ट सप्लायर्सको संस्था केम्सानले शनिबार गरेको सम्मान कार्यक्रममा एसिपिएनका निवर्तमान अध्यक्ष डा. गोपी अर्यालले नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण साथ रहने जनाउदै अंकोलोजिस्ट र रेडियोलोजिस्टबिच समुन्यय गरि अगाडि बढ्न सुझाउ दिए । केम्सनका अध्यक्ष भक्त हमालले नेपाल आयात भइरहेका केमिकल र सर्जिकल उपकरणको गुणस्तर मापन र दर्ता गर्ने कानून नभएकाले समस्या देखिने गरेको बताउदै सरकारले तत्काल नीति बनाएर लागु गर्नु पर्ने माग गरे । संस्थाका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले प्याथोलोजीले जनताको स्वास्थ्य उपचारसंग प्रत्यक्ष सरोकार राख्ने भएका यसको विकासले जनताले गुणस्तरीय उपचार पाउने बताए ।

एसिपिएनका नव निर्वाचित अध्यक्ष डा. प्रधानले आफ्नो कार्यकालमा सबैपक्षलाई मिलाएर अगाडि बढ्ने दृढता व्यक्त गरे । सन् १९९० मा स्थापना भएको एसिपिएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिस्ट सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सार्क प्याथोलोजिस्ट सम्मेलन राजधानीमा सुरु
Next article डा. भण्डारीलाई सफाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web