• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

हातखुट्टा मर्किए के गर्ने ?

May 3rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हातखुट्टा मर्किए के गर्ने ?

के महिला पुरुष, के युवायुवती वा बालबालिका, सबैले कुनै न कुनै कालखण्डमा यो भोगाइ बेहोरेका हुन्छन् । सबै व्यक्तिको सबैभन्दा बढी चाहिँ खुट्टा नै मर्किने गर्छ ।

‘हाम्रो देशमा सबैभन्दा बढी कुर्कुच्चो मर्कने समस्या पाउने गरिन्छ’,  हाड जोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे भन्छन्, ‘गोलीगाँठोको जोर्नीमा समस्या अर्थात् खुट्टा मर्काइपछि दोस्रो स्थानमा हातको नाडी मर्किने समस्या भएकाहरू बढी हुन्छन् ।’

हाडलाई केही नोक्सान नभई जोर्नीहरूलाई मिलाएर राखेको हाड जोड्ने तन्तु र स्नायु (लिगामेन्ट) सामान्य रूपमा तन्किनुलाई मर्काइ भनिन्छ । सामान्य रूपमा भन्नुपर्दा, लिगामेन्ट तन्किनु र धेरै चुँडिनुभन्दा पहिलेको अवस्था नै मर्कनु हो । शरीरको कुनै अंग विशेषलाई आवश्यकताभन्दा बढी भार दिएर काम गर्ने प्रयास गर्दा वा हामफाल्दा वा खेल्दासमेत यो समस्या निम्तिन सक्छ । शारीरिक गतिविधिमा अलिकति पनि असावधानीले हात वा खुट्टा मर्किन सक्छ । जब जोर्नीलाई अप्राकृतिक अवस्थामा जान बल लगाइन्छ, त्यतिखेर अंग मर्किन सक्छ ।

लिगामेन्ट अर्थात् हाड जोड्ने तन्तु डोरी जस्तै हुन्छ, तन्तुहरूको एउटा गुजुल्टो । यसले हाडहरूलाई आपसमा जोडेर तिनलाई स्थायित्व दिने गर्छ । यसै कारण जोर्नीहरूले आफ्नो काम गर्ने गर्छन् ।

‘जब कुनै अंगलाई आवश्यकताभन्दा बढी कुनै काम गर्न बल दिइन्छ, त्यो अंग मर्किने सम्भावना बढछ’, नेपाल प्रहरी अस्पताल, महाराजगन्जका हाडजोर्नी शल्य चिकित्सक गोपेशकुमार ठाकुर भन्छन्, ’युवतीहरूमा हाई हिल र प्लेटफार्म सुले गर्दा गोलीगाँठो मर्किने समस्या हालका दिनमा बढी देखिन थालेको छ ।’

विज्ञहरूका अनुसार, बालबालिका, खेलाडी आदि व्यायाम गर्दा वा खेल्दा यस्तो समस्यासँग जुध्नु सामान्य हो । तर कहिलेकाहीँ सानो हाड भाँचियो भने पनि मर्केजस्तो मात्रै लाग्ने गर्छ । यस्तोमा चाहिँ सचेत हुनुपर्छ । डा. ठाकुर भन्छन्, यस्तोमा मर्केको हो कि हाड भाँच्चिएको हो, थाहा पाउनु अति आवश्यक हुन्छ ।’

मांसपेशीमा हुने पीडा कम गर्नतिर लाग्नुअघि जोर्नी मर्केको हो वा हाड भाँच्चिएको हो, पत्ता लगाउनुपर्छ । पीडा बढी भए वा अचानक भए चिकित्सकसँग परामर्श लिएपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ ।

कहिलेकाहीँ मर्केको जस्तो लाग्छ, तर त्यहाँ हाड भाँच्चिएको वा लिगामेन्ट चँुडिएको हुन सक्छ । मर्केको जोर्नी पहिलाजस्तै चलाउन सकिन्छ वा सकिँदैन, त्यसमा विशेष ख्याल गर्नुपर्छ । मर्केको जोर्नी चलाउन धेरै गाह्रो भए चिकित्सकको सल्लाह लिनैपर्ने डा. पाण्डे सुझाउँछन् । जोर्नी बांगोटिंगो देखिए, खुस्केको भए पनि यथाशीघ्र हाडजोर्नी विशेषज्ञकहाँ जानुपर्छ ।

मांसपेशीको पीडा निको पार्ने एउटा उपाय हो पर्याप्त आराम । यो पनि उपचारकै एउटा प्रक्रिया हो । डा. पाण्डेका अनुसार, हात वा खुट्टा मर्किए तातोपानीले सेक्नु हुँदैन । मल्हम वा तेल लगाएर मालिस पनि गर्नु हुन्न । अलिअलि मर्केको छ भने हल्कासँग इलास्टिक ब्यान्डेज लगाउँदा पनि आराम पाइन्छ । मर्केको ठाउँमा बरफ राख्नुपर्छ, बरफलाई प्लास्टिकमा राखेर । बिहान, बेलुका र दिउँसो गरी दिनमा तीन पटक १५र १५ मिनेट बरफ राख्ने गर्दा सुन्निएको कम हुन्छ, पीडा पनि घट्दै जान्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमालेको घोषणापत्रमा स्वास्थ्यका ६ बुँदा
Next article मुटु र व्यायाम

Health Today Nepal

Related Posts

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

मौसमी रुघाखोकीका बिरामी बढे

मौसमी रुघाखोकीका बिरामी बढे

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132849
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web