• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्मरण शक्ति बलियो बनाउछ ओखरले

February 17th, 2024 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ५ फागुन ओखर खानाले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले रगत नलीलाई झन् बढी लचिलो बनाउँछ र शरीरमा रक्तसञ्चार सहज भई मुटुमा बढी दबाब पर्दैन । ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्ने हुँदा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर विस्तारै समाप्त हुन्छ । जसले गर्दा मुटुलाई रक्त सञ्चारका लागि बढी मेहनत गर्नु पर्दैन ।
एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ । मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त हुने एकमात्र फल ओखर हो । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आयरन, क्याल्सियम र एन्टिअक्सिडेन्टलगायतका प्रशस्त प्राकृतिक खनिज हुन्छ । सेवन गरेको चार घण्टापछि नै ओखरको फाइदा मिल्छ । ओखरको सेवनले अस्थमा, अर्थराइटिस, छालाको समस्या, एक्जिमा र सोराइसिसजस्ता रोगबाट समेत बच्न सकिन्छ । ओखरको नियमित सेवनले मस्तिष्क तेज हुन्छ र स्मरण शक्ति बलियो हुन्छ । पोषकतत्वले भरिपूर्ण प्रोटिनको राम्रो स्रोत रहेको ओखर वर्षभरि नै पाइन्छ । ‘जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित एक अध्ययनअनुसार एउटा ओखर (२८.३५ ग्राम) मा १ सय ४६ क्यालोरी हुन्छ ।
ओखर खानाले मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुने अनुसन्धानहरूले देखाएका छन । पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र क्षमतामा ओखरको सेवनले सकारात्मक प्रभाव पार्छ ।
एक अध्ययन अनुसार दिनहुँ ७५ ग्राम ओखर सेवनले २१ देखि ३५ वर्ष उमेरसमूहका स्वस्थ पुरुषमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार देखिएको छ ।
यति मात्रै नभई ओखरका अन्य धेरै फाइदा छन् । ओखर सेवनले पाचनक्रियालाई राम्रो बनाउनुका साथै रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ र पेटसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । ओखरको नियमित सेवनले पेटमा भएका कीराबाट समेत मुक्ति पाइन्छ । ओखर भुटेर खानाले खोकीको समस्यामा समेत राहत पाइने आयुर्वेदमा उल्लेख छ । ओखर सेवनले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट बच्न पनि सहयोग पुग्छ । यसले महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि कम गर्छ  । रगत जम्नबाट रोक्न र डाइबिटिजबाट बच्न पनि ओखर सेवन लाभदायक हुन्छ ।
एजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द
Next article चाया किन हुन्छ ? र यसको उपचार के ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web