• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालहेल्थप्रेसको प्रधान सम्पादकमा अतुल मिश्र नियुक्त

May 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालहेल्थप्रेसको प्रधान सम्पादकमा अतुल मिश्र नियुक्त

हेल्थ टुडे,
काठमाडौं, १० जेठ नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएका वरिष्ठ पत्रकार अतुल मिश्र ‘नेपालहेल्थप्रेस डट कम’ को प्रधान सम्पादक नियुक्त भएका छन ।
यसअघि उनी झन्डै २७ वर्ष देखि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका मा कार्यरत थिए भने पछिल्लो १६ वर्ष देखि त्यहाँ चिफ सब एडिटरको भूमिकामा थिए । जयानन्द मिडिया प्रालि को सञ्चालक समिति बैठकले मिश्र लाई प्रधान सम्पादक नियुक्त गर्ने निर्णय गरेको हो ।
पत्रकार मिश्रले आफ्नो पेसागत जीवनमा विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष विज्ञता राखेका छन् र विदेशी सञ्चार माध्यमहरू सँग पनि आबद्ध छन् । उनी सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टको अध्यक्ष समेत हुन् ।
मिश्र ले राष्ट्रिय स्तरमा उत्कृष्ट स्वास्थ्य र विज्ञान पत्रकारिता पुरस्कारहरू, विभिन्न सम्मान र दुई दर्जन भन्दा बढी पुरस्कारहरू प्राप्त गरेका छन् । पछिल्लो समय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले उनलाई राष्ट्रिय विज्ञान पत्रकारिता पुरस्कारले समेत सम्मानित गरेको छ ।
नेपालहेल्थप्रेसले उनको नियुक्तिलाई विधा गत पत्रकारिता क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा लिएको छ र उनको अनुभव र विशेषज्ञताले स्वास्थ्य पत्रकारितामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । उनको नेतृत्वमा, संस्थाले स्वास्थ्य विज्ञान सम्बन्धी गहन, विश्लेषणात्मक समाचार प्रस्तुत गर्ने योजना समेत बनाएको छ ।
प्रधान सम्पादक मिश्रले आफ्नो नियुक्तिको प्रतिक्रियामा भनेका छन्, ‘म नेपालहेल्थप्रेसमा यो नयाँ भूमिकाको लागि उत्साहित छु र नेपाली स्वास्थ्य पत्रकारितालाई अर्को स्तरमा लैजाने चुनौतीलाई स्वीकार गर्छु । सही, विश्वसनीय, सन्तुलित र न्याय पूर्ण पत्रकारिता मेरो पहिलो प्राथमिकता हो । मेरो लक्ष्य अन्तर्राष्ट्रिय गुणस्तरमा खरो उत्रने स्वास्थ्य पत्रकारिता नेपाली भाषामा प्रस्तुत गर्नु हो । सँगै स्वास्थ्य, विज्ञान र यो सँग सम्बन्धित विविध पक्ष सहित नीति नियम सम्बन्धी जानकारीलाई अझ व्यापक र गहन तरिकाले प्रस्तुत गर्दै जानु हो ।’
मिश्रको नियुक्तिले पत्रकारिता क्षेत्रमा उनको लामो अनुभव र विशेषज्ञताको सम्मान गर्दै नेपाली स्वास्थ्य पत्रकारितामा नयाँ ऊर्जा थप्ने आशा गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तिजन्य पदार्थ उत्पादकले राजश्व नीति प्रभावित पार्न खोजेकोमा प्रतिष्ठानको आपत्ति
Next article नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको विज्ञप्तिप्रति एक्सन नेपालको असहमति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132798
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web