• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यौनशक्ति बढाउन जाइफल

December 3rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनशक्ति बढाउन जाइफल

प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेदअनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपयोगी छ । अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकताजस्ता व्याधी हटाउन पनि यो उपयोगी मानिन्छ ।

जाइफलको चूर्ण र तेल उपयोग गर्ने गरिन्छ । चूर्णको मात्रा भने पाँच सय मिलिग्रामदेखि एक ग्राम र तेल एकदेखि तीन थोपा उपयोग गर्न सकिन्छ । अनुहारको कालोपोतो हटाउनसमेत जाइफल फाइदाकारी मानिन्छ । आयुर्वेदका ज्ञाताहरूका अनुसार जाइफल ढुंगामा घोटेर तयार गरिएको लेप अनुहारमा लगाउनाले कालोपोतो हट्छ । यसले डन्डीफोर आदिको दाग र हल्का कालोपनालाई समेत कम गर्छ । जाइफलले यौनशक्ति पनि बढाउँछ ।

कम्मरको पीडा, गठिया रोगमा जाइफलको लेप वा तेलले मालिस गर्दा आराम मिल्छ । गठियाबाहेक चोटग्रस्त मर्केको, सुन्नेको अंगमा समेत जाइफललाई तोरीको तेलमा मिलाएर मालिस गर्नाले सन्चो हुन्छ । जाइफलको मालिसले शरीरमा गर्मी आउँछ, चुस्ती र फुर्ती आउँछ र पसिनाको रूपमा विकार शरीरबाट बाहिर निस्कन्छ ।

पेट दुखेको बेला जाइफलको दुईचार थोपा तेल खानाले सन्चो हुन्छ । परम्परागत उपचार प्रणालीअनुसार दुखेको दाँतमा जाइफलको तेल चोबेको रुवा (कपास) राख्दा पीडा कम भएर जान्छ । दाँतमा कीरा लागेको भए मर्छ । जाइफलको तेलमा पीडानासक गुण हुने भएकाले यसले मालिस गर्दा अंगविशेष केही समयको लागि संज्ञाशून्य हुन्छ । त्यसैले दुखाइको अनुभूति हुन पाउँदैन ।

परम्परागत चिकित्सा प्रणालीअनुसार निद्रा नलाग्ने समस्या भए, जाइफललाई घोटेर घिउमा मिसाई परेलामा लगाउनुपर्छ अनि निद्रा लाग्छ । गाईको घिउमा जाइफल घोटेर पैताला र परेलामा लगाउँदा पनि निद्रा लाग्छ । आयुर्वेदअनुसार जाइफलको चुर्ण नपुंसकता हटाउनसमेत प्रभावकारी हुने गर्छ । ( एजेन्सीको सहयोगमा )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुमारित्व भंग भए नभएको कसरी थाहा पाइन्छ ?
Next article महाकाली अञ्चल अस्पतालको त्यो घटना

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133695
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web