• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.पौडेल पनि पुगे अदालतको शरणमा

February 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.पौडेल पनि पुगे अदालतको शरणमा

हेल्थ टुडे

काठमाडौं : सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गर्ने स्वास्थ्य मन्त्री दीपक बोहोराको निर्णय कार्यन्वयन नगर्न अन्तरिक आदेश दिएपछि उक्त आदेश रोक्न नव नियुक्त स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेल पनि अदालत गएका छन् । महानिर्देशक डा. पन्तलाई मन्त्रालय सरुवा गरेर मन्त्री बोहोराले डा. पौडेललाई पुष २९ गते विभागको निमित्त महानिर्देशक नियुक्त गरेका थिए । डा. पौडेलले माघ २ गतेदेखि महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । मन्त्री बोहोराको निर्णय कानून सम्मत नभएको भन्दै डा. पन्त पुनर्वहालीको माग गर्दै सर्वोच्च गएका थिए । सर्वोच्चले माघ १९ गते डा. पन्तका पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले डा.पन्तका पक्षमा भएको आदेश बदर हुनु पर्ने माग गर्दै त्यसको एक हप्तापछि डा. पौडेल पनि अदालत गएका हुन । डा. पौडेलको रिटमाथि आउदो आइतबार बहस हुने सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । आफूलाई अन्याय भएकोले अदालतको शरणमा गएको डा. पौडेलले बताए । सर्वोच्चले डा. पन्तका पक्षमा अन्तरिक आदेश दिएको १० दिन बित्दा समेत उनको पुनर्वहाली हुन सकेको छैन । डा. पौडेल नै आइतबारसम्म विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । नियुक्ती, सरुवा र बढुवामा सधै विवादका आइरहने मन्त्री बोहोराको निर्णयका कारण स्वास्थ्य मन्त्रालयका दर्जनौ चिकित्सक मारमा परेका छन् । मोटो रकम हात पारेर विवादास्पद् एवं अंगिकृत डा. पुष्पा चौधरीलाई  सचिव नियुक्त गरेपछि मन्त्रालयमा भाडभैलो मच्चिन थालेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन र कहिले हुन्छ बिर्सने रोग
Next article डा. पुष्पाको मिलेमतोमा डा. पन्तको पुनर्वहाली पत्र गायव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132509
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web