• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

गर्भावस्था र प्रेसर ‘लो’ को समस्या

April 25th, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भावस्था र प्रेसर ‘लो’ को समस्या

काठमाडौ, १२ बैशाखः
गर्भावस्थाका क्रममा महिलाका शरीरमा हुने हर्मोनल परिवर्तनका कारण उनीहरूलाई विभिन्न समस्या हुने गर्छ । यस्तो बेला महिलाहरूको शरीरमा विभिन्न किसिमको परिवर्तन देखा पर्छ । त्यही परिवर्तनकै कारण महिलाहरूको शरीरमा विभिन्न समस्या समेत देखिने गर्छ । रक्तचापको स्तरमा समेत असन्तुलन देखिने हुन्छ । प्रायः महिलाहरूलाई गर्भावस्थाका समयमा न्युन रक्तचापको समस्या हुने गर्छ ।
गर्भावस्थामा व्लड प्रेसर लो हुनु एक आम समस्या हो । विशेषगरी गर्भवती महिलालाई प्रत्येक दोस्रो तथा तेस्रो तीन महिनामा यस्तो समस्या देखा पर्छ । गर्भावस्थामा देखिने यस्तो समस्यालाई ‘हाईपोटेन्सन’ भनिन्छ । गर्भावस्थामा हाइपोटेन्सन हुनु सामान्य भएकाले अधिकांश महिलाहरू घरेलु उपचारद्वारा नै हाइपोटेन्सनको समस्या हटाउने प्रयास गर्छन् ।
गर्भावस्थामा न्यून रक्तचाप
गर्भावस्थामा गरिने ब्लड प्रेसरको जाँचले गर्भमा रहेको शिशु र गर्भवती महिलाको स्वास्थ्यबारे थाहा हुने गर्छ । गर्भवती महिलाको व्लड प्रेसरको आधारमा नै गर्भावस्थामा आउन सक्ने जटिलताबारे थाहा हुने हुँदा प्रत्येक पल्ट गर्भ जाँच गर्न आउँदा चिकित्सकहरू गर्भवती महिलाको ब्लड प्रेसर जाँच गर्ने गर्छन् ।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार सामान्य अवस्थामा एउटा व्यक्तिको ब्लड प्रेसर ८० देखि १२० मिलिमिटर – एमएमएचजीका बीच रहने गर्छ ।
तर गर्भावस्थामा व्लड प्रेसरको स्तर ८० मिलिमिटर भन्दा कम हुनुलाई लो व्लड प्रेसर भनिन्छ । व्लड प्रेसरको स्तर ९० देखि ६० एमएमएचजीको बीच भएमा चिकित्सकहरू यसलाई ‘लो व्लड प्रेसर’ भन्ने गर्दछन् ।
गर्भावस्थाको सुरुवाती १२ हप्तासम्म महिलाहरूको व्लड प्रेसर कम हुने गर्दछ । यस दौरान पहिलो तीन महिना तथा पछिल्लो तीन महिना गर्भवती महिलाहरूको व्लड प्रेशर कम रहने गर्दछ । जबकी तेश्रो तीन महिना भने यो सामान्य अवस्थामा रहन्छ ।
गर्भावस्थामा हुने लो व्लड प्रेसरका लक्षण
लो व्लड प्रेसर आफैमा ठूलो समस्या होइन तर जुन महिलालाई त्यसअघि ब्लड प्रेसर लो भएको छैन, उनीहरूका लागि भने यो गम्भीर समस्या बन्नसक्छ । गर्भावस्थामा महिलाहरूलाई उल्लेख गरिएका कुनै पनि समस्या भएमा तुरुन्तै चिकित्सकका जानु पर्छ ।
गर्भावस्थामा व्लड प्रेसर भएमा निम्न अनुसारका लक्षण देखिन्छन्
१. चक्कर आउनु, डर लाग्नु
२. उभिदा हल्का रिँगटा लाग्नु
३. दिनभर थकान महसुस हुनु
४. सास लिन समस्या हुनु, छिटो छिटो सास फेर्नु
५. लगातार प्यास लाग्नु
६. जाडो लाग्नु
७. अनुहार पहेलो तथा चिल्लो हुनु
८. आँखा धमिलो हुनु ,
९ डिप्रेसन हुनु

गर्भावस्थामा ब्लड प्रेसर लो हुनुका कारण
महिलाको व्लड प्रेसर उनीहरूको दिनचर्या, ऊर्जाको स्तर तथा तनावमा निर्भर गर्छ । ब्लड प्रेसर कम हुने वा बढी हुने भन्ने कुरा विशेष स्थितिमा पनि भर पर्ने गर्छ ।


सामान्यतया गर्भावस्थाको सुरुवाती २४ हप्तासम्म प्रायः गर्भवती महिलाको व्लड प्रेसर कम हुने गर्छ । लामो समयसम्म तातोपानीले नुहाएमा पनि महिलाहरूको व्लड प्रेसर कम हुने गर्छ । यी दुवै समस्या अस्थायी हुन् । त्यसबाहेक, पनि व्लड प्रेशरका अन्य धेरै कारणहरूमा विभिन्न रोगको संक्रमण हुनु, धेरै बेरसम्म आराम गर्नु, शरीरमा पानीको कमी हुनु, कुपोषण, हर्मोनको गडबडी, शारिरीक कसरत नगर्नु आदी रहेका छन । साथै विभिन्न किसिमको औषधी सेवनका कारण पनि गर्भवती महिलालाई लो व्लड प्रेसरको समस्या हुनसक्छ ।
कसरी गर्ने हेरचाह ?
चिकित्सकको प्रत्यक्ष निगरानीका बाबजुद गर्भवती महिलाहरूले आफ्नो हेरचाह आफै पनि गर्न सक्छन् । त्यसका लागि गर्भवती महिलाले प्रयाप्त मात्रामा आराम गर्नु पर्छ, यसले थकान कम महसुस हुन्छ । छिटो छिटो सास लिनु हुँदैन । लो व्लड प्रेसरको समस्या कम गर्न गर्भवती महिलाले हल्का तथा आरामदायी कपडा लगाउनुपर्छ । आरामदायी कपडा लगाउनाले चक्कर आउने तथा थकान समस्या कम गर्न सकिन्छ ।
गर्भावस्थामा कैयौं महिलालाई विहानको समयमा वाकवाकी लाग्ने तथा उल्टी हुने गर्छ । यस्तो अवस्थामा गर्भवती महिलाले आफ्नो शरीरमा पानीको कमी हुन दिनु हुँदैन । शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा पानीको सेवन गर्न जरुरी छ । लो ब्लड प्रेसरकै कारण चक्कर आउँछ भने हर्बल चियाको सेवन गरेर पनि यो समस्या कम गर्न सकिन्छ । साथै गर्भावस्थामा पौष्टिक तत्वको सेवनले महिलाहरूलाई कैयौं रोगबाट बचाउँछ । गर्भावस्थाका दौरान लो व्लड प्रेसरबाट पीडित महिलालाई चिकित्सकहरू नुन खाने सल्लाह दिन्छन् जब कि गर्भावस्थामा बढी नुनको सेवन पनि हानिकारक हुनसक्छ ।

एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मीको अभावले बिरामी मर्कामा
Next article मेटोपन घटाउन काँक्रो उपयोगी

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web