• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

के तपाई कान कम सुन्नु हुन्छ? यस्तो छ समाधान

June 22nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के तपाई कान कम सुन्नु हुन्छ? यस्तो छ समाधान

काठमाडौं, ८ असारः कानको श्रवण शक्ति एवं सुन्ने शक्ति कमजोर हुँदै गएपछि के गर्ने ? आधुनिक विज्ञानले त्यसको समाधान खोजिसकेको छ । कमजोर श्रवण शक्ति भएकाहरुले कानको मसिन अर्थात हेयरिङ एडस् प्रयोग गर्न सक्छिन्छ ।
कानको मेशिन एवं श्रवण यन्त्र कम कान सुन्नेहरुले प्रयोग गर्न सक्छन् । यो विशेष प्रकारको उपकरण हो, जो कानमा लगाउनुपर्छ । यसरी कानमा लगाएपछि कुनैपनि ध्वानी एवं आवाजलाई सजिलै सुन्न मद्दत पुग्छ ।
श्रवण यन्त्रमा माइक्रोफोन हुन्छ, जसले ध्वानी सुनाउँछ । एम्पलीफायर सर्किटरी हुन्छ, जसले ध्वनीलाई तेज बनाउँछ । एक सानो लाउडस्पिकर (रिसिभर) हुन्छ, जसले कानको नलीमा आवाज दिन्छ । यसमा एक व्याट्री पनि हुन्छ ।
कानको श्रवण यन्त्र थरीथरीका हुन्छन् । यसको डिजाइनमा एकरुपता हुँदैन । यो डिजिटल हुनसक्छ, वा एनालक पनि । या त यसमा कुनै विशेष फिचर पनि हुनसक्छ । कानको यन्त्रले आवाज प्रवाहलाई निर्दे्शित गर्न र ध्वानीको गुणवक्ता बढाउनका लागि ईयरमोल्ड्स वा इयरपिस पनि हुन्छ । कानको यन्त्र छनौट गर्दा, सुन्ने क्षमता, गंभिरता, आवश्यक्ता र जीवनशैलीमा निर्धारित हुन्छ ।
बिहाइन्ड द ईयर
बिहाइन्ड द ईयर, कानको यन्त्रमा यन्त्रको धेरैजसो भाग एक सानो प्लाष्किको केसमा हुन्छ । यो केसवाला भाग कानको पछाडि लगाइन्छ । यो प्लाष्टिकको केस पातलो सी ट्युबबाट अगाडिको कानको प्वालमा लगाइने ईयरमोल्ड वा ईयरपीससँग जोडिएको हुन्छ ।
यस किसिमको यन्त्र बच्चालाई लगाइदिन सकिन्छ । उमेर अनुसार बच्चाको कानको ईयरपीसलाई बदल्न सकिन्छ । यो बलियो हुन्छ र यसलाई सफा गर्न र प्रयोग गर्न सजिलो हुन्छ ।
अन द ईयर
यो एक नयाँ किसिमको बिहाइन्ड द इयर मेशिन हो । यसलाई मिनी बिहाइन्ड द ईयर मेशिन पनि भनिन्छ । यो कानको पछाडि लगाइन्छ । तर, आकारमा यो सानो हुन्छ । यसमा एक धेरै पातलो र लगभग नदेखिने ट्युब हुन्छ, जो कानमा लगाउनेवाला पीससँग जोडिन्छ । यस मेशिनमा ईयरपीस हुन्छ, जो कानको प्वालभित्र फिट गरिएको हुन्छ । यो कस्मेटिक्स दृष्टिले अत्याधिक उपयोगी हुन्छ, किनभने यो टाढाबाट सजिलै ठिम्याउन सकिदैन । यो आकारमा एकदमै सानो हुन्छ र कानलाई बोझिलो बनाउँदैन । यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
इन द ईयर
इन द ईयर मेशिन केवल एक पार्ट हुन्छ । सबै हिस्सा एक शेलमा हुन्छ, जो ईयर क्यानलमा लगाइन्छ । यसको भाग कानको भित्र लगाइने अन्य यन्त्र जस्तै इन द क्यानल र कम्पलीटली इन द क्यानल भन्दा ठूलो हुन्छ ।
इन द क्यानल र कम्प्लीटली इन द क्यानल
यो यन्त्र एकदै सानो आकारको हुन्छ । पुरै यन्त्र एक केसमा हुन्छ, जो ईयर क्यानलमा पुरा वा आर्शिक रुपमा फिट गर्न सकिन्छ । यो सबैभन्दा सानो कानको मेशिन हो । यो सानो भएकाले सजिलै देख्न सकिदैन र थाहा पाउन पनि सकिदैन कि, कानमा यन्त्र फिट गरिएको छ भनेर । तर, यो निकै सानो भएकाले प्रयोग गर्न चाहि गाह्रो हुन्छ ।
एनालग र डिजिटल कानको यन्त्र
एनालक कानको यन्त्रले ध्वनी तरंगलाई लाउड गराउँछ । यसले सबै आवाजलाई सामान रुपले बढाउँछ । केही एनालग मेशिन प्रोगाम गर्न सकिन्छ । यसमा माइक्रोचिप हुन्छ, जसमा अलगअलग वातावरण अनुसार प्रोगाम सेट गर्न सकिन्छ । जस्तो कि शान्त स्थानमा, पुस्तकालयमा, वा त रेष्टुरेन्टमा, खेल मैदानमा ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिला स्वयंसेवीहरूलाई सम्मान स्वरुप जनही रु २० हजार प्रदान
Next article दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web