• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सात महिनापछि न्याम्सले पायो उपकुलपतिसहित पदाधिकारी , उपकुलपतिमा प्राडा डीएन साह नियुक्त

March 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सात महिनापछि न्याम्सले पायो उपकुलपतिसहित पदाधिकारी , उपकुलपतिमा प्राडा डीएन साह नियुक्त

हेल्थ टुडे,

काठमाडौँ, १ चैत : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले सात महिनापछि उपकुलपतिसहित पदाधिकारी पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी ओलीबिच भागबण्डा नमिल्दा सात महिनासम्म नयाँ पदाधिकारी नियुक्त हुन सकेका थिएनन । बिहीबार भागबण्डा मिलेपछि शुक्रबार उपकुलपति सबै पदाधिकारी नियुक्त गरिएको हो । न्याम्सको उपकुलपतिमा प्राडा डीएन साह नियुक्त भएका छन् । उनलाई शुक्रबार राती  बालुवाटारमा भएको कार्यक्रममा न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । त्यस लगत्तै सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्राडा साहलाई उपकुलपतिको सपथग्रहण गराएका थिए । उपकुलपतिको सिफारिसमा न्याम्सका बाँकी पदाधिकारीहरुको समेत नियुक्ती भएको छ । न्याम्सको रेक्टरमा प्राडा सुवोध अधिकारी, रजिष्टारमा प्रा प्रमिला देवान र डीनमा प्राडा पिउस दाहाल रहेका छन् ।

यस्तै बीर अस्पतालको निर्देशकमा डा केदार सेन्चुरी नियुक्त भएका छन । सबै पदाधिकारीहरुलाई कुलपतिको उपस्थितिमा सहकुलपति यादवले सपथ गराएका छन् । सरकारले रिक्त उपकुलपतिको रिफारिस गर्न स्वास्थ्य मन्त्री यादवको अध्यक्षतामा बनाएको समितिले असोजको पहिलो हप्ता नै नियुक्तीमा लागि ३ जना वरिष्ठ चिकित्सकहरुको नाम सिफारिस गरेको थियो । उपकुलपति नियुक्त भएका प्रा.डा. शाह, वीर अस्पतालका नाक, कान, घाटी विशेषज्ञ डा. ढुण्डीराज शर्मा र कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विज्ञ डा. अजित राइमाझीको नाम सिफारिस गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य
Next article मकवानपुरमा बर्डफ्लु देखिएपछि आसपासका जिल्लामा पनि उच्च सतर्कता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132287
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web