• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा सुदूरपश्चिम उत्कृष्ठ

February 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

सुदूरपश्चिमले उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने क्षेत्रको रुपमा आफूलाई उभ्याएको छ । स्वास्थ्य मन्त्रालयको गत वर्ष गरेको मूल्यांकनमा सुदूरपश्चिम सबैभन्दा अब्बल ठहरिएको हो । पाचौ स्वास्थ्य सेवा दिवसका अवसरमा आईतबार स्वास्थ्य मन्त्रालयका आयोजना गरिएको विषेश कार्यक्रममा सुदूरपश्चि क्षेत्रिय निर्देशनालयलाई क्षेत्रिय स्तरको मूल्यांकनमा उत्कृष्ठ सहित अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापा र स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतिले निर्देशनालयका निर्देशक डा.सुशील प्याकुरेललाई अवार्ड सहित पुरस्कार प्रदान गरेका हुन ।
त्यसैगरि ७५ जिल्ला जनस्वास्थ्य कार्यालयहरुमध्ये पनि सुदूरपश्चिमकै अछाम जिल्ला जनस्वास्थ्य कार्यालय प्रथम र बैतडी जिल्ला जनस्वास्थ्यले तेश्रो स्थान हासिल गरेको छ । दोश्रो स्थान भने मध्यपश्चिमको सुर्खेतले प्राप्त गरेको छ । मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयहरुले प्रवाह गर्ने सेवाका आधारमा हरेक वर्ष उत्कृष्ठ जिल्लाहरु र क्षेत्रलाई पुरस्कृत गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालय मातहतको अनुगमन तथा मूल्यांकन महासाखाले देश भरिका जिल्ला जनस्वास्थ्य कार्यालयहरुले प्रदान गरिरहेको सेवाका बिषयमा गोप्य तरिकाले मूल्यांकन गरेको थियो । सुदूरपश्चिमका केही जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा अझै पनि दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मी पुग्न नसकेको भए पनि पहिलेको भन्दा यहाँको सरकारी स्वास्थ्य सेवामा सुधार आएको विज्ञहरु बताउँछन । यसै गरि स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले आफूले शरीरका सबै अंग दान गरेको इच्छा पत्रमा हस्ताक्षर गरेका छन् । यो भन्दा पहिले पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटा र राजेन्द्र महतोले पनि अंग दान गरेको इच्छापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ह्वात्तै किन बढे महिला यौनकर्मी ?
Next article जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web