• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्तन क्यान्सरकी अभियन्ता

November 22nd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तन क्यान्सरकी  अभियन्ता

हिमालपारिको जिल्ला मुस्ताङ । मुस्ताङ भन्नेबित्तिकै मार्फा अनि स्याउ त्यहाँको पहिचान नै हो । मार्फाको स्याउले धेरैको जिब्रो रसाउँछ । सुजाता हिराचन त्यही भूगोलमा जन्मिइन् र त्यही स्याउबारीमा हुर्किइन् । बुवा पूर्णलाल हिराचन र आमा देवकुमारी हिराचन छोरी सुजितालाई असल नागरिक बनाउन पोखरा बसाइँ सरे । सुजिताको शिक्षादीक्षा पोखराको गण्डकी बोर्डिङ स्कुलबाट सुरु भयो । त्यहाँबाट उनले प्रवेशिका पास गरिन् ।

राजधानीको मोडर्न इन्डियन स्कुलबाट प्लस टु सकेपछि सुजितामा डाक्टर बन्ने सपना पलायो । ‘डाक्टर नै बन्छु भन्ने थिएन’, सुजिता भन्छिन,‘ बुवा इन्जिनियर हुनुहुन्थ्यो, म पनि आर्किटेक्ट बन्छु भन्ने थियो ।’ साइन्स पढ्दापढ्दै उनको योजना परिवर्तन भयो डाक्टर बन्ने । उनी एमबीबीएस पढ्न ढाका युनिभर्सिटी बंगलादेश पुगिन् । त्यहाँबाट सन् २००६ मा एमबीबीएस पास गरिन् । फर्किएर दुई वर्ष देशकै पुरानो र ठूलो वीर अस्पतालमा मेडिकल अफिसरका रूपमा सेवा गरिन् । विशेषज्ञता हासिल गर्ने हुटहुटीले डा.सुजितालाई छोडेन । उनले काठमाडौं युनिभर्सिटीअन्तर्गतको भरतपुर मेडिकल कलेजबाट एमएस (मास्टर इन् सर्जरी) गरिन् ।

चितवनमा एमएस अध्ययनका क्रममा नै उनलाई धेरै स्वास्थ्य समस्या नजिकबाट देख्ने, बुझ्ने अवसर मिल्यो । ३० वर्षमुनिका युवतीहरू नै स्तन क्यान्सरबाट पीडित भएर आउने गरेका थुप्रै घटनाहरूले उनको मन ननिको गरी बिथोलियो । ‘उम्दो उमेरमै महँगो रोग, सही नसक्नु तनाब देखेँ’, सुजिता भन्छिन्, ‘मलाई त्यही बेलादेखि स्तन क्यान्सरका क्षेत्रमा काम गर्न मन भयो, मैले यो रोगका बारेमा जनचेतना जगाउँदै केही गर्नै पर्ने प्रण गरेँ ।’

अझै पनि संख्याका हिसाबले औंलामा गन्न सकिने महिला सर्जनका रूपमा डा.सुजिताले आफूलाई तयार पारिन् । ‘रोग लागेपछि उपचार त गर्नैपर्छ, तर रोग लाग्दै नदिने र लागिहालेछ भने पनि सुरुमै थाहा पाउने वातावरण कसरी सिर्जना गर्ने भन्ने चिन्ता लाग्न थाल्यो’, डा.सुजिताले त्यसका लागि मन मिल्ने साथीहरू मिलेर सार्थक प्रयास गर्नुपर्छ भनेर ब्रेस्ट क्यान्सर फाउन्डेसन स्थापना गरिन् । डा. सुजिता अहिले उक्त फाउन्डेसनकी अध्यक्ष छिन् । ‘चाहना राखेरमात्र मात्र भएर भएन’, उनले भनिन्, ‘त्यसका लागि समय र रुचि भएका साथीहरू जोडियौँ, अनि फाउन्डेनस स्थापना ग¥यौँ ।’

डा.सुजिताको योेजनामा उनका विभिन्न विधाका डाक्टर साथीहरूले साथमा साथ दिने वचन दिए । त्यसपछि डा.सुजितासहित डा.विजय, डा.रितेश, डा.सोनिया, डा.निरसरा, डा.एन्जिला, डा.अनु र डा. सोनिया मिलेर सन् २०१४ मा नेपाल ब्रस्ट क्यान्सर फाउन्डेसन स्थापना गरे । सुरुका ६ महिना आफूहरूको तलबको २५ प्रतिशत कटाएर कोष बनाएर सञ्चालन गरेको फाउन्डेसनले छोटो समयमै स्तन क्यान्सरका विषयमा व्यापक जनचेतना जगाएको छ । यसका साथै आर्थिक अवस्था कमजोर भएका स्तन क्यान्सरका बिरामीहरूका लागि संस्था र यसका सदस्यहरूले तन, मन र धनले सक्दो सहयोग गर्दै आइरहेका छन् । केही समयभित्र कास्कीमा पाइलट प्रोजेक्टको रूपमा फाउन्डेसनले स्तन क्यान्सरको अवस्थाका बारे रिसर्च र जाँच गर्ने योजना रहेको सुजिताले बताइन् ।

उनी आम नागरिकसम्म जनचेतना नपुगेका कारण निको हुन सक्ने, पुनर्जीवन पाउन सक्ने स्तन क्यान्सरका बिरामीले पनि ज्यान गुमाइरहेको बताउँछिन् । ललितपुरको ग्वार्कोको रहेको किस्ट मेडिकल कलेजमा सर्जरी विभागमा एसोसियट प्रोफेसर र जाउलाखेलस्थित नेसनल क्यान्सर अस्पतालमा स्तन क्यान्सर विशेषज्ञ सर्जनका रूपमा कार्यरत उनी अधिकांश ब्रेस्ट क्यान्सरका बिरामी समयमै जानकारी नपाउनाले थप समस्यामा परिरहेको अनुभव सुनाउँछिन् । फाउन्डेसनमार्फत काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ र दोलखामा स्तन क्यान्सरका विषयमा रिसर्च गरेर प्राप्त नतिजाअनुसार अगाडि बढ्ने योजना संस्थाले बनाइरहेको छ । यसका साथै मिस नेपाल पिसको उपाधि विजेता नर्सलाई फाउन्डेसनले आफ्नो सदभावना दूत बनाएर स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने अभियानमा सहभागी गराउँदै आइरहेको डा. सुजिता बताउँछिन् ।

पैसा होइन, प्रारम्भिक जाँच पहिला

डा सुजिताको राज्यसँग अनुरोध छ, क्यान्सर भइसकेपछि दिइने एक लाख पैसाको खासै अर्थ छैन । योभन्दा २०औं गुना बढी खर्चले पनि बिरामीलाई बचाउन मुस्किल छ । तर अन्य बिरामीजस्तै ब्रेस्ट र अन्य क्यान्सरको पनि प्रारम्भिक जाँच गर्ने व्यवस्था मिलाइयो भने क्यान्सरबाट ज्यान गुमाउने नागरिकको संख्या उल्लेख्य घट्नेछ । डा. सुजिता त्यसका लागि ४० वर्ष मुनिका महिलालाई क्लिनिकल ब्रेस्ट एक्जामिनेसन र ४० माथिकालाई म्यामोग्राफी गर्ने व्यवस्था राज्यले निःशुल्क देशैभर मिलाउनुपर्ने माग गर्छिन् । यसो गर्न सकिए क्यान्सरबाट पीडित हुनेको संख्यामा निकै कमी हुने उनको ठहर छ । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि क्यान्सरको उपचार निकै महँगो छ । त्यसैले भइहाल्यो भने त्यसको गुणस्तरीय उपचार र लाग्नै नदिने उपाय अपाउनु जरुरी छ ।

सुरुमै थाहा पाए नर्मल जिन्दगी

पाठेघरको मुखको क्यान्सर र ब्रेस्ट (स्तन) क्यान्सर प्रारम्भिक अवस्थामै थाहा पाउन सके नर्मल जिन्दगी बाँच्न सकिने डा.सुजिता बताउँछिन् । तर नेपालमा अझै पनि यसबारे जनचेतना नभएको र स्तन क्यान्सरबारे खुलेर जाँच गराउन हिचकिचाउने भएकाले यो समस्या झन् विकराल बन्दै गएको उनी बताउँछिन् । ‘अहिले १८, २० वर्षकै युवतीमा पनि ब्रेस्ट क्यान्सर देखिन थालेको छ । तर मानिसहरू यसबारे खुलेर बोल्न, आफंै परीक्षण गरेर पत्ता लगाउन र जँचाउन अप्ठ्यारो मानिरहेकाले पनि यो समस्या झन् जटिल बन्दै गएको छ, उनी भन्छिन् । पहिलो स्टेजमै पत्ता लगाउन सकिए निको पार्न सकिने स्तन क्यान्सर अन्तिम अवस्थामा उपचारका लागि आए त्यो भाग सर्जरीमार्फत काटेर फाल्दासमेत बचाउन नसकिने अवस्था आउने गरेको उनी सुनाउँछिन् । नेपालमा बर्सेनि स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै जानु चिन्ताको विषय  हो । उनी भन्छिन्, ‘अहिले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पछि दोस्रो नम्बरमा पर्छ स्तन क्यान्सर । सरकारले पाठेघरको मुखका क्यान्सरको परीक्षणका लागि अभियान चलाइरहेको छ तर स्तन क्यान्सरका लागि छैन । स्तन क्यान्सरका विषयमा जनचेतना जगाउनेदेखि परीक्षण गराउने कार्यक्रम अभियानकै रूपमा लैजान नसक्ने हो भने अबका केही वर्षमै स्तन क्यान्सर एक नम्बरमा आउन बेर लाग्ने छैन ।’

क्यान्सर उपचारका लागि विदेश जानै पर्दैन

क्यान्सर भन्नेबित्तिकै हुनेखाने मानिसहरू अहिले पनि उपचारका लागि विदेश जाने क्रम छ । तर डा. सुजिता भन्छिन्, ‘१० वर्षअघिको अवस्था भए म भन्न सक्दिनँ, तर अहिले अमेरिका, भारतमा पाइने उपचार नेपालमै सम्भव छ ।’ उनका अनुसार क्यान्सरको उपचारका लागि आवश्यक मल्टी डिसिप्लेनरी टिम अर्थात् नर्स, सर्जन, मेडिकल डाक्टर डाइटिसियनसम्मको क्यान्सरको टिम मात्रै होइन संसारमा उपलब्ध अत्याधुनिक उपकरण पनि अब नेपाल भित्रिसकेका छन् । तर जनचेनाको स्तर उकासिन नसकेका कारण अन्तिम स्टेजमा पुगिसकेका बिरामी बचाउन नसकिने उनले बताइन् । विगतभन्दा अहिले ब्रेस्ट क्यान्सरदेखि अन्य क्यान्सरका बारेमा मानिसले चासो राख्ने गरे पनि यो पर्याप्त नभएको उनको ठहर छ । उनी राज्यले नै पैसा दिनुभन्दा प्रारम्भिक जाँच र उपचारको प्रबन्ध मिलाउनुपर्ने सुझाव दिन्छिन् । हरेक तीन वर्षमा कम्तीमा प्रत्येक नागरिकले गर्नुपर्ने सुझाव दिइन् । तर आफैं घरमा गर्ने जाँच भने हरेक महिनावारी भएको तीन दिनमा ऐना अगाडि उभिएर स्तन हेर्ने, गाँठागुँठी आए नआएको जाँच गर्नुपर्ने बताइन् ।

स्वदेशमै सन्तुष्टि

हुर्कंदा नहुँर्कंदै विदेश भासिने फेसनजस्तै बनेको छ । तर डा. सुजितालाई विदेश जाने रहर कहिल्यै लागेन । ‘त्यहाँ हामीजस्ता मानिस, डाक्टर घरघरमै छन्, गल्लीगल्लीमा भेटिन्छन्’, उनले भनिन्, ‘तर यहाँ हामी जत्तिको मानिसले ठूलो मन गरेर समाजमा गरेको सानो काम पनि ठूलो देखिन्छ ।’ जनता धेरै दुःखी गरिब र अचेतन भएकाले सुजिताले नेपालमै समाजसेवाको सम्भावना देखिन् । उनलाई पेसासँगै समाजमा केही गर्ने इच्छा भएकाले पनि आफू बिदेसिन मन नभएको बताइन् । ‘हामी जुन माटोमा जन्मियौँ, जुन माटोमा हुर्कियौँ, त्यसका लागि गर्ने भनेको हामीले नै हो’, सुजिताले भनिन्, ‘त्यसैले योग्य, बुझेका र सक्ने नागरिकले देशमै केही गर्नुपर्छ ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड क्यान्सरको उपचार नेपालमै
Next article डाक्टरले किन हेर्छन् जिब्रो

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web