• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

केपी ओलीलाई किड्नी किन दिइन अन्जनले  

December 13th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केपी ओलीलाई  किड्नी किन दिइन अन्जनले  

हेल्थ टुडे

चितवनको घिमिरे परिवारकी छोरी विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जनको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो । विस्तारै उनी ओली परिवारसँग घुलमिल हुँदै गइन् । ओली परिवार ठूलै थियो । केही समयपछि उपचारका लागि थाइल्यान्ड गएका उनका जेठाजु अर्थात् केपी शर्मा ओली घर फर्किए । एउटै परिवार भए पनि राजनीतिमा व्यस्त हुनुपर्ने भएकाले केपीसँग उनको त्यति बाक्लो भेटघाट हुँदैनथियो । घर आएपछि अन्जन भेट्न गइन् । ढोगभेट पछि उनले सोधिन, ‘दाजुलाई के भएको ?’‘किड्नीमा समस्या छ, निको भएन, केपीले भने । अन्जनको जिज्ञासा थपियो, ‘अब के गर्नुपर्छ ?’ ‘किड्नी नै फेर्नुपर्छ’ डाक्टरले दिएको राय केपीले सुनाए ।

किड्नी दान गरेपछि मात्र प्रत्यारोपण सम्भव छ भन्ने कुरा अन्जनलाई थाहा थियो । ओलीको अवस्था देखेपछि अन्जनलाई नमीठो लाग्यो । उनले फ्याट्टै भनिहालिन, म दिन्छु किड्नी ।’ उनको कुरा सुनेर केपी बेस्सरी हाँसेछन् । भर्खर २१ वर्ष लागेकी अन्जान नातामा ओलीकी भाइबुहारी थिइन् । उमेरले भने छोरीजस्तै । केपीलाई लागेछ, उनी बच्चै छिन् । यो निर्णय हतारमा गर्नु हुँदैन । तर अन्जनले भने निर्णय गरिसकेकी थिइन् । उनको अठोट देखेर ओली गम्भीर भए । केपीले भने, ‘त्यसो भए तिम्रो बुवाआमालाई सोध न ।’ उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा कुरा गरिन् । एमालेको राजनीतिमा रहेका बुवा ध्रुव घिमिरे र आमा प्रशान्तले नाइँ भनेनन् । ‘राम्रो मान्छेलाई बचाउनु त राम्रो कुरा हो, बचाऊ भन्नुभयो’, अन्जनले भनिन, ‘त्यसले मेरो आत्मबल झन् बलियो बनाइदियो ।’ आफ्ना लागि त सबैले गर्छन, अरूका लागि केही गर्न सक्नु ठूलो कुरा हो यही मान्यता बोकिन अन्जनले ।  एसएलसीसम्मको अध्ययन गरेकी अन्जन भन्छिन, ‘मैले पढेर यस्तो कुरा जानेकी होइन, सानैदेखि मलाई अरूका लागि केही गरौँ भन्ने लाग्थ्यो ।’ १९ वर्ष लाग्दा नलाग्दै २०६० तिर विवाह गरेकी उनले दुई वर्षपछि छोरा अर्पणलाई जन्म दिइन् । ओलीलाई मिर्गौला दान दिन्छु भन्ने निर्णय गरेको बेला अर्पण जम्मा १५ महिनाका थिए ।

‘मैले मेरो जेठाजु भनेर दिएकी होइन’, उनले भनिन, ‘उहाँ देशकै लागि काम लाग्ने मान्छे सम्झेर मैले दिएकी हुँ ।’ मिर्गौला दिन्छु र लिन्छु भन्दैमा हुँदैन । त्यसका लागि सबै कुरा मिल्नुपर्ने हुन्छ । ‘ओ’ नेगेटिभ रगत समूह भएका केपीलाई ‘ओ’ पोजेटिभ भएकी अन्जनले दिन सक्ने कुरा राष्ट्रिय मिर्गौला केन्द्रको जाँचले देखायो । नेपालमा प्रत्यारोपणको सुविधा त्यसबेला थिएन । पहिले संविधानसभाको निर्वाचनको चर्चा चल्दै थियो । ओली, उनकी धर्मपत्नी, अन्जन र उनका श्रीमान् तारा ओली दिल्लीको अपोलो अस्पाताल पुगे मिर्गौला प्रत्यारोपणका लागि । त्यहाँका डाक्टरले प्रभाव र दबाबमा परेर मिर्गौला दिने लिने काम भएको त होइन भन्दै विभिन्न जाँचबुझ गरे । त्यहाँ गरिबीका कारण नेपालबाट पनि थुप्रै मिर्गौला बेच्न जाने गरेका रहेछन् । त्यहाँका चिकित्सकहरूले दबाबमा परेर मिर्गौला दिन लागेकी त होइन ? भन्दै आशंकालाई हटाउन गरेको जाँच देखेर अन्जन निकै प्रभावित भइन् । भिडियो रेकर्डसहित सबै जाँच सकिएपछि २०६४ को असारमा उनको मिर्गाैला झिकियो र केपी ओलीको शरीरमा प्रत्यारोपण गरियो । अपोलो अस्पतालका डाक्टरको व्यवहार र उपचारशैली अजान कहिल्यै बिर्सन सक्दिनन् । ‘एकदमै शालिन बोली व्यवहार । डाक्टर त त्यस्ता पो हुनुपर्छ त’, उनले भनिन, ‘उनीहरूको व्यवहारले त बिरामी पनि औषधिबिना नै निको हुँदो रहेछ ।’ मिर्गौला दान गर्न जाँदा छोरा अर्पण १५ महिनाको मात्रै थियो । उनले आमाको जिम्मा छोरा छोडेर गएकी थिइन् । छोराको माया, डाक्टरको व्यवहार र आफ्नो आत्मबलले मिर्गौला दान गरेको सात दिनमात्रै अन्जन अपोलो अस्पतालमा बसिन् । त्यसपछि कहिल्यै मिर्गौला दिएका कारण अस्पताल पुग्नु नपरेको उनले सुनाइन् ।

आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी भए । ‘मानिसमा अनेकथरी भ्रम छ, अन्जनले भनिन, ‘ मिर्गौला दिएर केही फरक नपर्ने रहेछ, एउटा हुनु र दुईटा हुनुमा कुनै अन्तर हुँदैन । मिर्गौला दान गरेको चार वर्षपछि अन्जनले छोरी अभिलाषा जन्माइन् । मानिसमा मानसिक चिन्ता र डरले अनेक समस्या आउन सक्ने उनको बुझाइ छ ।अन्जनको मिर्गाैलाले थपजीवन बाँचिरहेका केपी ओली अहिले पूर्व प्रधानमन्त्री र एमालेका शक्तिशाली अध्यक्षमात्रै छैनन् । उनलाई निकट भविश्यमै बन्न लागेको नयाँ सरकारका प्रधानमन्त्रीका रुपमा पनि हेरिएको छ । उनको बोलेका हरेक शब्दले चर्चा पाउँछ । अन्जन भने काठमाडौंको गुह्येश्वरीको पारि किनारमा एउटा सामान्य घरमा भाडाको कोठामा बस्छिन् । उनका श्रीमान् समान्य व्यापार र जागिर गर्दै परिवार पाल्दै आएका छन् । अन्जन मदन भण्डारी स्कुलमा केही समय पढाइन् ।  किराना पसल चलाइन् । अहिले उनी राष्टपति कार्यालयमा कार्यरत छिन् । कहिलेकाही भने उनलाई नसा च्यापिने समस्याले सताउने गरेको छ । सामान्य घरायसी जीवन बिताइरहेकी छिन् । आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजूलाई यो या त्यो मागिनन् । उनी भन्छिन, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जनको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ । अन्जनको छोरा अर्पणलाई केपीले असाध्यै माया गर्छन । उनले सुनाइन, ‘अर्पणलाई तिमीहरूले जन्मायौं, छोरा मेरो हो भन्नुहुन्छ ।’ छोराको पढाइलेखाइ सबै केपीले व्यहोर्ने गरेको उनले बताइन् । घरायसी रूपमा भने ओलीले गर्नुपर्ने सहयोग गरिरहेका हुन्छन् । ‘कुनै रोग , समस्या नभनी लुकायो भने झपार्नुहुन्छ’, अन्जनले भनिन् ,‘उहाँ देशका विषयमा बढी बिजी हुनुहुन्छ, परिवारको समस्यामा सघाउने अरू पनि सदस्य हुनुहुन्छ ।’

कहिलेकाहीँ कोही समस्यामा परेर आउनेहरूको कामका लागि भने आफूले जेठाजुलाई भनिदिने गरेको उनले बताइन् । सामान्य रहनसहन, सादा जीवनशैली भए पनि अन्जनलाई आफ्ना लागि केही गरिदिऊन् भन्ने न चाहना न आवश्यकता । तर देशका बारेमा भने चिन्ता लाग्दो रहेछ । उनले भनिन, ‘सबैको अवस्था देखियो, कसैले देशलाई केही दिन सकेनन् ।’ओलीले भने केही गर्छन् भन्ने उनको अन्तरआत्माले भन्ने गरेको अन्जनले बताइन् । ‘मैले यसोभन्दा जेठाजुको नाताले भनेको जस्तो सुनिएला’, उनले भनिन, ‘तर, त्यसो होइन, उहाँ अलि हठी हुनुहुन्छ, देशका लागि केही गर्नुपर्छ भन्ने भावना छ ।’ मुलुकमा मिर्गाैला रोगीको समस्या बढेको सुन्दा उनलाई नमीठो पीडा हुँदो रहेछ । सबैले सबैलाई मृगौला दान गर्ने व्यवस्था हुनुपर्ने उनको सुझाब छ । ‘तर दबाब, प्रभाव र किनबेच हो होइन भन्ने कुरा कानुनी रूपले जाँचिनुपर्छ ।’ अन्जनबाट केपी ओली पनि निकै प्रभावित छन । आफूलाई अन्जनले ठूलो गुन लगाएको उनको अनुभव छ । त्यति बेला नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु नभएकाले आफूले भारत गएर प्रत्यारोपण गर्नु परेको ओली बताउछन । ओलीले भने, ‘भाइबुहारीले मलाई मिर्गौला दान गरेकी हुन् । उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिन ।’

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article झापामा बन्ने भयो ३०० बेडको क्यान्सर अस्पताल 
Next article योग गर्नुअघि र पछि के गर्ने ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134436
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web