• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

January 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

हेल्थ टुडे,

काठमाडौं : राजधानीको चावहिलस्थित ओम हस्पिटल तथा रिसर्च सेन्टरले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन विभिन्न विधाका एक दर्जन चिकित्सक भित्र्याएको छ ।  हस्पिटलमा आयोजित एक कार्यक्रममा हस्पिटलका अध्यक्ष समेत रहेका वरिष्ट स्त्री रोग विज्ञ डा. भोला रिजाल सहित संचालक समितिका सदस्यहरुले ती चिकित्सकहरुलाई स्वागत  गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष डा. रिजालले समय सापेक्ष रुपमा हस्पिटलको सेवा तथा गुणस्तर विस्तार गर्ने क्रममा विभिन्न विधाका थप विशेषज्ञ चिकित्सहरुबाट सेवा सुरु गरिएको बताए । हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्कीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ओम हस्पिटल सधैं प्रतिबद्ध रहेको दावी गरे । ओम हस्पिटल तथा रिसर्च सेन्टरमा मुटुरोग विशेषज्ञको रुपमा डा. अमित श्रेष्ठले सेवा सुरु गरेका छन भने न्यूरो सर्जरीतर्फ डा. गोपाल सेढाई, डा. अमितबहादुर प्रधानाङ्ग र डा. रामकुमार श्रेष्ठले सेवा सुरु गरेका छन् । क्रिटिकल केयरतर्फ डा. प्रमेश सुन्दर श्रेष्ठ र डा.  रुपेशकुमार गामी भित्रिएका छन् । त्यस्तै सर्जरीतर्फ डा. प्रसन्नवीरसिंह कंसाकार, डा. विकल घिमिरे र डा. अशोक खरेल तथा इमरजेन्सी मेडिसिनतर्फ डा. शंकर राउत, डा.  धिरेन्द्रकुमार मल्ल र बालरोग विशेषज्ञको रुपमा डा. सुजितकुमार श्रेष्ठले सेवा सुरु गरेका छन् । हस्पिटलले विज्ञप्ति जारी गर्दै विभिन्न विधाका एक दर्जन चिकित्सकले सेवा सुरु गरेको जानकारी दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?
Next article प्रोस्थोडोन्टिष्ट समाजको पाँचौ सम्मेलन धुलिखेलमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131931
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web