• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यी हुन् केपी ओलीका छोराछोरी !

January 7th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् केपी ओलीका छोराछोरी !

हेल्थ टुडे,

आमा अन्जन ओलीको काखमा बसेका यी हुन अर्पण र अभिलाषा । यिनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै छोराछोरी ठान्छन । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । केपी ओली र उनकी धर्मपत्नी राधिका ओलीको कोखबाट सन्तान जन्मेका छैनन् । केपी दम्पती भक्तपुरको बालकोटमा बस्छन । उनीहरुले अर्पण र अभिलाषालाई नै आफ्ना छोराछोरी ठान्ने गरेका छन् । केपी दम्पतीकालागि उसै पनि अर्पण र अभिलाषा धेरै टाढाका सन्तान होइनन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा अन्जन ओली केपी दम्पतीका नजिका भाई बुहारी हुन् । उनीहरुबिचको पारिवारिक सम्बन्ध प्रगाढ छ ।

अन्जन ओली तिनै भाई बुहारी हुन् जसले केपी ओलीलाई आफ्नो मिर्गौला दान दिएकी थिइन् । समान्य आर्थिक अवस्था भएको तारा र अन्जनको परिवारलाई गाह्रो साह्रो परेको बेला केपी ओलीले सहयोग गर्दै आएका छन् । अर्पण र अभिलाषालाई केपी ओली दम्पतीले आफ्नै छोराछोरी ठानेर व्यवहार गर्ने गरेको अन्जन सुनाउछिन । दुबै बोर्डिङ स्कुल पढ्छन् । उनीहरुको पढाई लेखाईको खर्च सबै जेठाजू (केपी ओली) ले तिर्ने गरेका छन् । अन्जनले भनिन, ‘अर्पण र अभिलाषालाई तिमीहरूले जन्मायौं, छोराछोरी मेरा हुन भन्नुहुन्छ ।’  चितवनको घिमिरे परिवारकी छोरी अन्जन घिमिरे झापाका तारा ओलीसँग विवाह गरेपछि ओली परिवारकी बुहारी बनेकी थिइन । जेठाजूलाई मिर्गौला प्रत्यारोपण गराउनु पर्दा अन्जन मिर्गौला दान गर्न तयार भएकी थिइन । केपीलाई मिर्गौला दान गरेपछि ओली परिवारमा उनलाई सबैले सम्मानका साथ हेर्ने गरेका छन । मिर्गौला दान गर्ने बेला अन्जनको उमेर २१ बर्ष थियो । केपी ओलीको २०६४ साल असारमा नयाँ दिल्लीस्थित अपोलो अस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अन्जनले मिर्गौला दान गर्ने बेला अर्पण १५ महिनाका थिए भने अभिलाषा पछि जन्मेकी हुन । आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी छन ।

केपी भन्छन, ‘अन्जनले मिर्गौला दान नदिएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला ।’  तारा र अन्जन दम्पती काठमाडौंको गुह्येश्वरी पारि  भाडाको कोठामा बस्छिन् । उनीहरु समान्य व्यापार र जागिर गर्छन । सामान्य घरायसी जीवन बिताइरहेका छन् । आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजू ( केपी ) लाई यो या त्यो मागिनन् । उनी भन्छिन, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जनको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ । ‘कुनै रोग , समस्या नभनी लुकायो भने जेठाजूले झपार्नुहुन्छ’, अन्जनले भनिन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै
Next article के ट्रम्पलाई मानसिक समस्या छ ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131846
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web