• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मधुमेहका विरामीको खाना यस्तो हुनुपर्छ

January 16th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहका विरामीको खाना यस्तो हुनुपर्छ

डा. सञ्जय गौतम

मानव शरीरमा भएका विभिन्न अंगहरूमध्ये पेटमा अवस्थित प्याङक्रियाज नामक अंगले इन्सुलिन आवश्यकताअनुसार उत्पन्न गर्न नसके वा इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा मधुमेह देखा पर्दछ । हामीले खाएको खानाबाट खानाको परिकारअनुसार चिनी उत्पादन हुने गर्छ । शरीरको रगतमा भएको उक्त चिनीको मात्रालाई नियन्त्रण गर्न नसक्ने अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह नसर्ने रोग भए पनि एक  हो । तर यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ । मधुमेहबाट बच्न हरेक व्यक्तिले पाँचवटा सूत्र पालन गर्नुपर्छ ।

१. जीवनशैली परिवर्तन

मनमोजी रूपको जीवनशैलीलाई मधुमेहले स्विकार्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नैै पर्ने हुन्छ । तर यसको अर्थ कठोर जीवनयापन गर्नुपर्छ भन्ने होइन । सबैभन्दा ठूलो कुरा मधुमेह रोगलाई सहज रूपमा स्वीकार्नुपर्छ । मधुमेही रोगीले पनि नियमित औषधि सेवन गरी परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । योगाभ्यास, सहनशील, सादा जीवन र उच्चविचार शैलीले मधुमेह नियन्त्रण गर्न सकिन्छ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीका लागि लाभदायक हुन्छ ।

२. आहार

मधुमेहीले आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित निर्धारित समयमा खाना र खाजा खानुपर्छ । लामो समयस

म्म नखाइकन भोको बस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यवस्तु जस्तै चिनी हालेको चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सी, आदि खानु हँुदैन । यसका अलावा आइसक्रिम, मह, चकलेट, सक्खर, चाकु, जाम खानु हुँदैन । खाना खाँदा एकैपटक टन्न नखाई दिनको तीन चारपटक खाना खाइरहनुपर्छ । एकपटक भात र अर्को पटक रोटी खानु राम्रो हुन्छ । खानपानमा विचार गर्न नसकिए औषधि सेवनले मात्र यसबाट नियन्त्रणमा राख्न सकिँदैन ।३.

औषधि सेवन

मधुमेहको किसिमअनुसार टाइप एक र दुईमा चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि सेवन गर्नुपर्छ । इन्सुलिन इन्जेक्सन लिनुपर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हँुदैन । खाने औषधिजस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँंग नियमित परामर्श लिइरहनुपर्छ । समयसमयमा रगत परीक्षण गराई रहनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि बीचमा छोड्नु हँुदैन । अब त निको भइसक्यो भन्दै औषधि खान छोड्नु हँुदैन ।

४. व्यायाम

व्यायामले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमताअनुसार हलुका व्यायाम मात्र गर्नुपर्छ । मौसमअनुसार बिहान आधा घन्टादेखि एक घन्टासम्म नरोकी एकै गतिमा फूर्तिसाथ फटाफट हिँड्नु मधुमेहीका निमित्त राम्रो व्यायाम मानिन्छ । व्यायाम भने बीचमा छुटाउनु हुँदैन । यसले मधुमेहीलाई आत्मविश्वास प्रदान गर्छ ।

५. नियमित रक्त परीक्षण

नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटबढ छैन भने १५ दिनमा एकदेखि दुई पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्तीमा हप्ताको दुई पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निरन्तर हवाईयात्राले रोगको जोखिम 
Next article महानिर्देशक पौडेलले गरे पदबहाली

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133909
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

135
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web