• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यस्ता छन् मह सेवनका फाइदा

January 17th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्ता छन् मह सेवनका फाइदा

काठमाडौँ : मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो ,मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।

मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।
मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवान्का् आहारासमेत मानिएको छ ।
आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ । महमा पोषक तत्त्वको भण्डार हुन्छ । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ ।
महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्त्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन । यसै कारण हाम्रो समाजमा महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मदत पुग्छ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ ।
दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।
रक्त शुद्घीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ । यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमकआउँछ । महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थै रहन्छन् ।
घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ । मह धेरै खानुपर्दैन, थोरै खाँदा पनि राम्रै काम गर्छ ।
एउटा अध्ययन अनुसार, माथिल्लो सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ ।
यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ । तर एउटा दुर्लभ खाद्य विषाक्तता हुने सम्भावनाका कारण एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई मह दिनु हुँदैन ।कान्तिपुरबाट
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निरन्तर हवाईयात्राले रोगको जोखिम 
Next article चिसोबाट जोगिन के खाने ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132704
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web