• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.पन्तको सरुवा गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

February 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.पन्तको सरुवा गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

हेल्थ टुडे,

काठमाडौं, १८ माघ : सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई हटाएर मन्त्रालय सरुवा गर्ने स्वास्थ्य मन्त्री दीपक बोहोराका निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले  कार्यकाल समाप्त नभई डा. पन्तलाई महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गर्ने निर्णय कानून सम्मत नभएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । आफूलाई महानिर्देशकबाट हटाएपछि डा.पन्तले माघ १७ गते सर्वोच्चमा रिट हालेका थिए । त्यसैगरि सर्वोच्चले डा. पन्तलाई सरुवा गर्नुको कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न समेत सर्वोच्चले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयको नाममा आदेश जारी गरेको छ ।

स्वास्थ्य मन्त्री बोहोराले यो भन्दा पहिले पनि आर्थिक चलखेलकै आधारमा अख्तियारले कारवाही गर्न पत्र काटेकी डा. पुष्पा चौधरीलाई मन्त्रालयको सचिवमा नियुक्त गरेका थिए । डा.पन्त मन्त्रीस्तरीय निर्णयबाट २०७३ माघ ७ मा विभागको निमित्त महानिर्देशकमा भएका थिए । उनलाई तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले महानिर्देशक बनाएका थिए । मन्त्री बोहोराले पुष २८ गते डा. पन्तलाई हटाएर पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशक डा. तारानाथ पौडेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका थिए । स्वास्थ्य सेवा ऐन अनुसार १२ औं तहकोलाई महानिर्देशक बनाउनु पर्नेमा स्वास्थ्य मन्त्रीहरुले आफ्नो स्वार्थ अनुसार त्यसो नगरि ११ औं तहकोलाई निमित्त महानिर्देशक बनाइने गरेका छन् ।   सर्बोच्चले न्याय दिएको प्रतिकृया दिदै डा. पन्तले कानूनी सल्लाह अनुसार काममा फर्कने बताएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बिमाको पहिलो चुनौती
Next article पहिलो पटक क्षयरोग प्रसार सर्वेक्षण शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133230
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web