• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक क्षयरोग प्रसार सर्वेक्षण शुरु

February 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक क्षयरोग प्रसार सर्वेक्षण शुरु

रमेश गिरी,

भक्तपुर, १८ माघ : राष्ट्रिय क्षयरोग केन्द्रले पहिलो पटक बृहत् रुपमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण शुरु गरेको छ । आज मध्यपुरथिमिको बालकुमारीबाट नेपालमा रहेको फोक्सोको क्षयरोगी यकिन तथ्यांक लिनेगरी सर्वेक्षण शुरु भएको केन्द्रका निर्देशक केदारनरसिंह केसीले जानकारी दिए । बालकुमारीका आयोजित सर्वेक्षण शुभारम्भ कार्यक्रममा उनले देशभरका हिमाल, पहाड र तराईलाई समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लस्टर छुट्याई करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष टोलमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आकलन गर्न सर्वेक्षण शुरु गरेको बताए ।

नेपाल सरकारको रु २३ करोड, ग्लोबल फण्डको रु १७ करोड, नर्वेको लङ हेल्थ फाउण्डेसनको रु तीन करोड गरी रु ४३ करोडको लागत र जापान आइटिएको प्राविधिक सहयोगमा सर्वेक्षण हुनेभएको हो । कार्यक्रममा केन्द्रका योजना प्रमुख एवं सर्वेक्षण संयोजक अनिल थापाले भक्तपुर, सिन्धुली, दोलखाबाट पाइलटिङका रुपमा सर्वेक्षण गर्ने कार्यक्रमअन्तर्गत भक्तपुरबाट सर्वेक्षणको औपचारिक रुपमा शुरु गरिएको छ । उनले आगामी २४ गतेदेखि दोलखा र सिन्धुलीमा पनि सर्वे शुरु गरिने बताए । भक्तपुरमा भने आजदेखि चारदिनसम्म बालकुमारीमा क्षयरोगको परीक्षण एवं सर्वे हुनेछ ।

थापाले भने, ‘यो अहिले तीन जिल्लामा पाइलटिङका रुपमा शुरु भएको छ, सर्वे थप ५५ जिल्लामा गरी कूल ५८ जिल्लामा हुनेछ, यसमा करिबरु ६० हजारको छातीको एक्सरे, खकारलगायतको परीक्षण हुनेछ ।’ सर्वेक्षणमा विशेषज्ञ टोली खटाइएको छ । यसमा आउनेको छातीको एक्सरे गरिने, क्षयरोगका लक्षण देखिएकाको खकार लिने र केन्द्रको ल्याबमा लगेर परीक्षण गरिनेछ । फोक्सोको क्षयरोगबारे सर्वेक्षण गरे पनि यसबाट अरु अंगमा हुने क्षयरोग, १५ वर्षमुनिका बालबालिकामा हुने क्षयरोगको संख्या कति छ भन्ने अनुमानित तथ्यांकसमेत आउनेछ । साथै क्षयरोगका शंकास्पद व्यक्तिको आर्थिक, सामाजिक अवस्था कस्तो छ, उनीहरु कस्ता स्वास्थ्य संस्थामा उपचारमा जाने गरेका छन् भन्ने तथ्यांकसमेत आउँछ भन्दै थापाले १७ महिनामा सबै जिल्लाको तथ्यांक आइसक्ने बताए । यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन्, उपचार विधिमा के सुधार ल्याउनुपर्छ भन्नेलगायतका क्षयरोगको अवस्थाबारे जानकारी लिन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठले सर्वेक्षणले नेपालको क्षयरोगको अवस्थाबारे आधिकारिक तथ्यांक आउने र यसले क्षयरोगीको उपचारलाई सहज र प्रभावकारी बनाउनका लागि योजना तयार गर्न टेवा पुग्ने बताए । विश्व स्वास्थ्य संगठनका सुवास लाखे, जन्त्रका प्रमुख रामशरण गोपालीलगायतले सर्वेक्षणलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको आँैल्याए । नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्यांकमा रहे पनि ५८ देखि ६० हजारको संख्यामा हुनसक्ने आँकलन रहेको केन्द्रले जनाएको छ । 

यसवर्ष मात्रै ४४ हजार नयाँ क्षयरोगी थपिएको भए पनि दुई हजार ५५७ जना मात्रै दर्तामा आएका केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमले अल्पकालीन र दीर्घकालीन रुपमा रणनीतिक योजना बनाएर कार्य गर्ने गरेको बताउँदै केन्द्र निर्देशक केसीले समस्याको पहिचान गरी त्यसको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गर्दै २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताए । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.पन्तको सरुवा गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश
Next article के हुन्छ महिनावारीका बेला सरसफाई नगर्दा 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web