• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.पन्तको सरुवा गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

February 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.पन्तको सरुवा गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

हेल्थ टुडे,

काठमाडौं, १८ माघ : सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई हटाएर मन्त्रालय सरुवा गर्ने स्वास्थ्य मन्त्री दीपक बोहोराका निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले  कार्यकाल समाप्त नभई डा. पन्तलाई महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गर्ने निर्णय कानून सम्मत नभएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । आफूलाई महानिर्देशकबाट हटाएपछि डा.पन्तले माघ १७ गते सर्वोच्चमा रिट हालेका थिए । त्यसैगरि सर्वोच्चले डा. पन्तलाई सरुवा गर्नुको कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न समेत सर्वोच्चले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयको नाममा आदेश जारी गरेको छ ।

स्वास्थ्य मन्त्री बोहोराले यो भन्दा पहिले पनि आर्थिक चलखेलकै आधारमा अख्तियारले कारवाही गर्न पत्र काटेकी डा. पुष्पा चौधरीलाई मन्त्रालयको सचिवमा नियुक्त गरेका थिए । डा.पन्त मन्त्रीस्तरीय निर्णयबाट २०७३ माघ ७ मा विभागको निमित्त महानिर्देशकमा भएका थिए । उनलाई तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले महानिर्देशक बनाएका थिए । मन्त्री बोहोराले पुष २८ गते डा. पन्तलाई हटाएर पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशक डा. तारानाथ पौडेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका थिए । स्वास्थ्य सेवा ऐन अनुसार १२ औं तहकोलाई महानिर्देशक बनाउनु पर्नेमा स्वास्थ्य मन्त्रीहरुले आफ्नो स्वार्थ अनुसार त्यसो नगरि ११ औं तहकोलाई निमित्त महानिर्देशक बनाइने गरेका छन् ।   सर्बोच्चले न्याय दिएको प्रतिकृया दिदै डा. पन्तले कानूनी सल्लाह अनुसार काममा फर्कने बताएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बिमाको पहिलो चुनौती
Next article पहिलो पटक क्षयरोग प्रसार सर्वेक्षण शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131675
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web