• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको आग्रह

August 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको आग्रह

बर्दिवास, २४ साउनः प्रचण्ड गर्मी र पानी पर्ने क्रम सँगसँगै हुँदा महोत्तरी जिल्लामा लामखुट्टेको वृद्धि ह्वात्तै बढेको छ ।
गर्मी र वर्षा सँगसँगै भएसँगै बजार क्षेत्र, सडकचोक र चौरमा फोहरको डङ्गुर थुप्रिदै जाँदा जताततै लामखुट्टेको वृद्धि भएको यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले बताएका छन् ।
बर्दिवास जिल्ला अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी भन्नुहुन्छ, पहिलो कुरा त गर्मी र वर्षाको मौसम लामखुट्टे बढ्ने बेला हो, झन जताततै फोहरको डङ्गुर बढ्दै जानुले लामखुट्टे वृद्धिलाई मलजल गरेको छ ।
विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले अहिलेको मौसममा आफ्नो परिवेसको सरसफाइ, सडक, आगनमा पानीको उपयुक्त निकास व्यवस्थापन गरेर यसको वृद्धि रोक्न सकिने चिकित्सकको भनाइ छ । गर्मीमा पानी परेका बेला घर, आगन, सडक वरपर खाल्टाखुल्टी बढ्ने र त्यहाँ जम्ने फोहोर पानीमा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने भएकाले यसमा सचेतरहन चिकित्सकले सुझाव दिएका छन् ।
‘‘डेङ्गु सार्ने ‘एडिस एजेप्टाई’ नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ’’ जलेश्वर जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झा भन्नुहुन्छ, ‘‘हात्तीपाइले, जापानीज इन्सेफ्लाइटिस, मलेरिया लगायतका घातक रोग लामखुट्टेबाटै सर्ने हुनाले लामखुट्टे वृद्धि रोक्नु रोगबाट बच्ने उत्तम उपाय हो । ” लामखुट्टेबाट सर्नेबाहेकका अन्य सरुवा रोग, भाइरल इन्फ्लुएञ्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि गर्मी मौसममै बढी सङ्क्रमण हुने डा झा बताउनुहुन्छ ।
गर्मी र बर्खे मौसम झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइड र चिकनगुनियाको पनि सङ्क्रमण बढ्ने बेला भएकाले आफ्नो वरपर र आन्तरिक सरसफाइ, सफा र स्वच्छ खानेकुरा खान र निर्मलीकरण गरिएको पानीमात्र खाएर यी रोगबाट बच्न सकिने चिकित्सक बताउछन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामुदायिक प्राकृतिक चिकित्सालयले योग विषयमा अध्ययन गराउने
Next article डा. भगवान कोइरालाको आत्मकथा दसैं अगाडि नै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web