• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु

April 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु

हेल्थ टुडे,
काठमाडौ,२५ चैतः शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु भेटिएका हुन् ।

कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भनेः‘कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।’ विभागले जार तथा बोटलमा पानी विक्री वितरण गर्ने उद्योगको मात्रै अनुगमन गरेर त्यसको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्ने गरेको छ ।

पछिल्लो आठ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमूना संकलन गरी परीक्षण गरेको थियो । जसमध्ये नौ वटा उद्योगले विक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइएको छ । यस्तै, बाँकी छवटा उद्योग मापदण्ड विपरीत र ऐन नियम विपरीत सञ्चालन भएको पाइएको छ ।

खाद्य ऐन २०२३ अनुसार उक्त पानी उपभोग गर्दा जनधनको क्षतिका साथै जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएमा बढीमा ५० हजार रूपियाँसम्म जरिवाना र पाँच वर्षसम्म कारागारको सजाय वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ । चिकित्सकहरू भने कोलिफर्मको मात्रा बढी भएमा तत्काल स्वास्थ्यमा समस्या आउने बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग नियन्त्रण अस्पताल टेकूका अनुसन्धान ईकाइका संयोजक डा. शेरबहादुर पुनले कोलिफर्म भनेको दिसामा पाइने जीवाणु भएकाले प्रयोग गर्ने जोकोहीको स्वास्थ्यमा असर गर्ने बताए । कोलिफर्म १ दशमलव ६ सम्म हुनुलाई सामान्य मानिए पनि त्योभन्दा बढी कोलिफर्म स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाई छ ।

कोलिफर्मको मात्रा तोकिएभन्दा बढी भएमा तत्काल झाडापखाला हुनुका साथै दीर्घकालसम्म पाचन प्रणालीमा समस्या आइरहने चिकित्सकको भनाई छ । पछिल्लो चार महिनामा २१ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी १५ वटा प्रशोधित पानी उद्योगविरूद्ध रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् गर्मीमा छालालाई स्वस्थ राख्ने खानेकुरा....
Next article तीन दिनदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक सेवा अबरुद्ध,सरकार मौन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web