• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

धुम्रपान रहित दिवस र हाम्रो वर्तमान अवस्था

May 31st, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धुम्रपान रहित दिवस र हाम्रो वर्तमान अवस्था

रमेश भट्ट,
कोरोनाको त्रास हुदाहुदै पनि एकछिन स्वच्छ हावामा टहलिन म एकाबिहानै सडकमा निस्के । सुनसान सडकमा सित्तल हावाको आनन्द लिदै म हिडदै थिए र एक्कास्सि परबाट आएको चुरोटको कडा खारले मनै खिन्न बनायो । मेरो अगाडि दुइजना स्कुले केटाहरु मस्त आफ्नै सुरमा चुरोट तन्काउदै हिडदै थिए । भित्रभित्रै रिस त उठ्यो तर केहि भन्न सकिन । चुरोटको धुवा छल्न मुन्टो वटार्दै म अलि छिटोछिटो आफ्नो बाटो लागे ।
थुप्रै सार्वजनिक ठाउँहरुमा गुटखा, पान, सुर्ति खाएर प्याचप्याच थुक्ने, गाडीमा वा बाटोमै सुर्ति मोलेर अरुलाई ह्याच्छयु निकालिदिने, क्यान्टिन, रेस्टुरेन्ट, पार्कहरुमा वेपरवाहा चुरोट सल्काएर सारा माहोल नै प्रदुषित पार्ने जस्ता थुप्रै घटनाहरुले प्राय हामी धेरैजना आजित भैसकेका छौं । धेरै जस्तो यस्ता घटनाहरू हामीले प्राय दिनदिनै भोगिरहेकाले हामीलाई सामान्य जस्तो पनि लाग्छ । तर वास्तवमा यीनै सामान्य बुझाईले नै हाम्रो समाज र हाम्रा युवापुस्ताहरु सुर्तिजन्य पदार्थको अम्मलमा नराम्रोसंग फसि सकेकाछन् । आजभोलिको माहोल हेर्दा किशोरकिशोरी र युवाहरूमा सुर्तिजन्य पदार्थ तथा धुम्रपानको सेवन बढ्नेक्रममा देखिएकोछ । नेपाल सरकारले खुला तथा सार्वजनिक ठाउँहरुमा साथै स्कूल, क्याम्पस नजिक यसको बक्रीवितरण तथा सेवन निषेध गरे पनि यसको पालना भएको पाइदैन । स्कूल कलेजका आडमै रहेका पसलहरुमा खुलेआम विभिन्न खालका सुर्तिजन्य पदार्थको विक्रीवितरण तथा सेवन गरेको हामी सबैले देखेका नै छौं । जान्ने बुझने र पढेलेखेका युवाहरुले देखाएको अटेरीपन र वलमिचाइले उनीहरु आफ्नो स्वास्थ्य त जोखिम हालिरहेका छन र साथै आफ्ना वरिपरिका मानिसहरूलाई अप्रत्यक्ष धुम्रपानको शिकार पनि बनाइरहेका छन । त्यसकारण यस्ता जघन्य समाजिक अपराधको निवारण कसले गर्ने हो, यो गहन छलफलका ेविषय छ ?
धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनले विगत ३३ बर्षदेखि निरन्तर रुपमा विश्व धुम्रपान रहित दिवसको आयोजना गर्दै आइरहेकोछ । नेपाल सरकारले पनि विगत लामो समयदेखि सुर्तिजन्य पदार्थ सेवन विरुद्धको अभियान र विभिन्न क्रियाकलापहरु गर्दैआइरहेकोछ । सन २००६ मा नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रण महासन्धिमा हस्ताक्षर गरी २००७ बाट यस सम्बन्धि क्रियाकलापहरु लागु गर्दै आइरहेको छ । यसैगरि सन् २०११ मा सुर्तिजन्य पदार्थको उत्पादन नियन्त्रण र नियमन ऐन र सुर्तिजन्य पदार्थको प्याकेटमा राखिने चेतावनी मूलक जानकारी लगायत थुप्रै सम्बन्धित नीतिनियमहरू बनिसकेका भए पनि, सुर्तिजन्य पदार्थको उपभोग बजारमा दिनप्रतिदिन बढ्दो क्रममै छ ।

यो हुनका पछाडि युवाहरूको सुर्तिजन्य पदार्थप्रतिको बढदो आकर्षण नै हो ।
अध्ययनहरूले देखाए अनुसार लगभग ९० प्रतिसत मानिसहरूले सुर्तिजन्य पदार्थ वा धुम्रपानको सेवन १८ वर्षकै उमेरमा गरिसकेका हुन्छन । यही भएर पनि होला युवाहरुलाई विशेष लक्षित गरेर विश्व स्वास्थ्य संगठनले यो वर्षको नारा सुर्तिजन्य उद्योगहरुले गर्ने छलकपट पूर्णप्रवद्र्धनबाट यूवाहरुलाई बचाऔ र उनीहरुलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरुको रोकथाम गरौं भनेर अगाडि सारेकोछ ।
सुर्तिजन्य पदार्थको सेवनले प्रत्यक्ष रुपमा सेवनकर्ता र अप्रत्यक्ष रूपमा सेवनकर्ताको नजिक वा संसर्गमा रहेका व्यक्तिहरुलाई विभिन्न खाले स्वास्थ्य समस्या निम्त्याउँछ । यसले फोक्सो, मुत्रथैली, मृगौला, पित्तथैली, घाँटी, मुखलगायत अन्य ठाउँमा क्यान्सर गराउन सक्छ । यसका साथै फोक्सो सम्बन्धी विभिन्न समस्याहरु, मुख र गिजासम्बन्धी विभिन्न समस्याहरु लगायत दृष्टिको समस्या पनि निम्त्याउन सक्छ । गर्भवती महिला र गर्भमा रहेको बच्चामा पनि धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनको नकारात्मक प्रभाव पर्दछ । साथै नसर्नेरोगहरूको प्रमुख जडका रुपमा पनि यसलाई लिन सकिन्छ । यति धेरै रोग र समस्याहरु निम्त्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि,न यसको उत्पादनमा कमी भएको छन त यसका सेवनकर्ताहरु नै घटेकाछन ।
प्रसस्त आर्थिक मुनाफा पाईने भएकै कारण होला, संसारका सम्पन्न र विकशित भनाउदा राष्ट्रहरू नै यि वस्तुहरु उत्पादन गर्ने अग्रणी स्थानमा छन । चिन, भारत, ब्राजिल र अमेरिका संसारकै सबैभन्दा बढी सुर्तिजन्य पदार्थ उत्पादन गर्ने देशहरुमा पर्दछन । साथै यस्ता सामाग्री उत्पादन गर्ने कम्पनीले वार्षिक अरबै रकममा र्केटिङका लागि पनि खर्च गर्दछन । जसले मुख्य गरी किशोरकिशोरी र युवाहरूलाई यस्ता साधनहरू सेवन गर्न लोभ्याउँछ र उनीहरु यस्ता सामाग्रीहरू प्रति लालाइत हुन्छन । फलस्वरूप प्रत्येक दिन लाखौ युवाहरुले धुम्रपानको सुरुवात गर्छन, त्यसैगरी प्रत्येक दिन धेरैले छोड्न पनि चाहन्छ न तर निकोटिनको अम्मलका लागि सकेका कारंण छोडन सक्दैनन्न । विकल्पको रुपमा यस्ता कम्पनीले फेरि हिटेड टोबाको प्रोडक्टहरु, ईचुरोट, ईसिगार,ई हुक्का जस्ता अनेकन सामग्रीहरू पनि बजारमा उपलब्ध गरेका छ । र यिनको प्रयोगले पनि युवाहरूलाई फेरि त्यतिकै अम्मली बनाउछ साथै स्वास्थ्यमा पनि प्रति कूल असर पुर्र्याउँछ ।
सुर्ती जन्य पदार्थको सेवन जनस्वास्थ्यको ठूलो चुनौतीका रुपमा रहेकोछ । यसले संसार भरि वार्षिक रूपमा लगभग ८० लाख भन्दा बढी मानिसहरूको ज्यान लिन्छ । जसमध्ये ७० लाख जति यसका प्रत्यक्ष सेवनकर्ताहरु पर्दछ भने लगभग १२ लाख अप्रत्यक्ष सेवनकर्ताहरुले पनि अनाहकमा ज्यान गुमाउनु परेकोछ । साथै,यसरी मृत्युहुने मानिसहरुमा लगभग ८० प्रतिसत मानिसहरु हाम्रो जस्तो अल्पविकसित वा विकास उन्मुख देशका नागरिकहरु नै हुन ।
नेपालमा पनि सुर्ती जन्य पदार्थको सेवनकर्ताहरु उल्लेखनीय मात्रामा छन । सन् २०१३ मा गरेको स्टेप सर्भेअनुसार १५ वर्षमाथिका ३०.८ प्रतिसत नेपालीहरुले सुर्तिजन्य पदार्थको सेवन गर्छन जसमध्ये धुम्रपान गर्ने १८. ५ प्रतिसत छ भने अन्य सुर्तिजन्य साधन प्रयोग गर्ने १७.८ प्रतिसत छन । नेपालमा कम्पनीमा उत्पादन नभएका सुर्ती जन्य सामग्रीका साथै घरमै उत्पादन गरेको तम्बाखु पनि प्रशस्त प्रयोगमा रहेको पाइन्छ । यसले सरकारको सूर्तीजन्य पदार्थमा कर बढाएर वा यी सामाग्रीका प्याकेटमा चेतावनीमुलक जानकारी राखेर यसको प्रयोग घटाउने नीतिलाई चुनौती हुन सक्छ ।
खुला सिमानाका कारण, सिमा क्षेत्र र त्यहाँका बजारमा गुटखा र सुर्तिको अवैध व्यापार निकै फस्टाएको पाइन्छ । हाल काठमाडौँलगायत देशका सडकका छेउकिनार, बसपार्क र अन्य सार्वजनिक ठाउँमा जथाभावि फालिएका गुटखा र सुर्तिका खोलहरु नै फोहोरको एउटा प्रमुख श्रोतका रुपमा हुन्छन । यस्तो अवस्था देख्दा पनि सरकार तथा सरोकारवाला संघसंस्थाहरुले यस्तो संंवेदनशिल र जनस्वास्थ्यको महत्व बोकेको विषयलाई त्यही चासो नदिएको हो कि जस्तो पनि देखिन्छ ।
नेपालका गाउँ समाजलाई खुला दिसा मुक्तक्षेत्र बनाउने जनस्वास्थ्यको अभियानले छोटो समयमै धेरै हदसम्म सफलता पाएको देखिन्छ । यसैगरी सुर्तीजन्य पदार्थ र धुम्रपानको सेवनलाई घटाउन र यसबाट हुने स्वास्थ्य जोखिमबाट बच्न अब घरपरिवार, टोल,वडा,पालिका तथा जिल्लास्तरमा यस्तै अभियान सञ्चालन गरेर सुर्तीजन्य पदार्थ सेवन मुक्त क्षेत्र घोषणा गर्नुपर्छ । सार्वजनिक ठाउँमा,सुर्तीजन्य पदार्थको सेवन गर्नुभनेको खुला ठाउँमा दिसापिसाब गरेभन्दा पनि हानिकारक र लज्जास्पद काम हो साथै यो सामाजिक अपराध पनि हो भन्ने मानसिकताको विकास समुदायका युवाहरूमा हुन जरुरीछ ।
त्यसकारण, अब साच्चिकै सुर्तीजन्य पदार्थ र धुम्रपानबाट समाजलाई सुरक्षित राख्नेहो भने,सरकारले हालसम्म तयार गरेका र आवद्धता देखाएका नितिनियमहरुको कडा रुपमा कार्यान्वयन गर्न साथै देशव्यापी अभियान चलाएर कम्तीमा पनि सर्वजनिक ठाउँहरु, पार्क, हस्पिटल, स्कुल क्याम्पस वरपर, सरकारी तथा अन्य कार्यालय,मठमन्दिर र अन्य महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा यस्ता सामाग्रीहरुको बक्रीवितरण र सेवनलाई पूर्णरुपमा निषेध गर्नु अत्यन्त आवश्यक छ । नत्र वर्षेनी मेइ ३१ मा मनाइने धुम्रपानरहित दिवस केही सम्बन्धित सरोकार संस्थाहरु मिलेर गर्ने प्रभातफेरि, बैठक गोष्ठी र नारामा मात्रै सिमित नरहला भन्न सकिन्न । (भट्ट, यति स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर
Next article १८९ थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134322
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web