• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर

May 31st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : नेपालमा धुम्रपान सेवनका कारण बर्षेनी २७ हजारको ज्यान जाने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार धुम्रपान सेवनकै कारण २७ हजार नेपालील अकालमा ज्यान गुमाइरहेका छन् । नेपालमा ३ जनामध्ये एक जना धुम्रपानका अम्मली रहेको परिषद्को अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्व भरि ८० लाख मानिसको मृत्यु धुम्रपान र सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । त्यसमध्ये ७० लाख प्रत्यक्ष सेवनकर्ता हुन भने १० लाख भने अममलीसँगै बस्ने छन । आज मे ३१ विश्व धुम्रपान रहित दिवस । नेपाल लगायत विश्व भरि नै यो दिवस मनाइदै छ । यो वर्ष धुम्रपान दिवसको नारा ‘ सूर्तिजन्य उद्योगहरुले गर्ने छलकपटपूर्ण प्रवर्धनबाट युवाहरुलाई बचाऔ र उनीहरुलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरुको रोकथाम गरौ ’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर देखिएको छ । सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुदा कोभिड १९ ले उनीहरुको फोक्सोलाई अझै बढी असर पुर्याउने दावी विश्व स्वास्थ्य संगठनको छ । धुम्रपान सेवन नसर्ने रोगहरु क्यान्सर, मुटुरोग, दम, खोकी, मधुमेहको कारण रहेको विज्ञहरु बताउछन । फोक्सो क्यान्सर रोग विज्ञ डा. अम्बुज कर्णका अनुसार क्यान्सर हुने प्रमुख कारण मध्ये धुम्रपान हो । त्यसमा पनि फोक्सोको क्यान्सरको ८० प्रतिसत कारण धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन रहेको उनको उनको दावी छ । सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि कानून ल्याएको धेरै वर्ष भइसकेपनि त्यसको कार्यन्वयन हुन सकेको छैन । सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने कानूनी व्यवस्था भए पनि व्यवहारमा लागु सकिरहेको छैन । सूर्तिजन्य पदार्थको बट्टामा ७५ प्रतिसत चित्र घातक रोगहरुको राख्ने प्रावधान लागु भएपनि सरकारले ९० प्रतिसत राख्ने कार्यन्वयन हुन सकिरहेको छैन । त्यसैगरि सरकारले कुनै पनि सञ्चारमाध्यममा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको छ । तर विभिन्न बहानामा सूर्ति उद्योगहरुले वालबालिका र युवायुवतीलाई प्रलोभन दिएर अप्रत्यक्ष विज्ञापन गर्ने गरेका छन । यस्तै किसिममा प्रलोभनबाट युवा पुस्तालाई बचाउन सरकारले बिशेष अभियान चाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन । विश्व धुम्रपान रहित दिवसको अवसरमा मन्त्री ढकालले शुभकामना दिदै धुम्रपानको लतमा नफस्न र यसको प्रभावबाट हुने मृत्युलाई न्यून गर्न सबैले आआफ्नो ठाउबाट योगदान दिन आग्रह गरेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धुम्रपान रहित दिवस र हाम्रो वर्तमान अवस्था
Next article कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web