हेल्थ टुडे,
काठमाडौं, १० असार : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको समिट यही असार १७ र १८ गते भर्चुअल माध्यमबाट हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बिगत सात वर्षदेखि समिट आयोजना गर्दै आइरहेको छ । एनएचआरसीले देशभरिका स्वास्थ्य र जनसंख्या वैज्ञानिकहरुले सम्बन्धित क्षेत्रमा गरेका अध्ययन र अनुसन्धानलाई उनीहरुको प्रस्तुतिकरणमार्फत सर्वाजनिक गर्दै थप अध्ययन अनुसन्धानमा प्रोत्साहन गर्न हरेक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको समिट आयोजना गर्दै आइरहेकोमा गत यो वर्ष कोभिड १९ का कारण भर्चुअल माध्यमबाट समिट आयोजना गर्न लागेको हो । गत वर्ष पनि कोभिड १९ कै कारण भर्चुअल माध्यमबाट गरिएको थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले युवा पिढीलाई पनि स्वास्थ्य तथा जनसंख्या अध्ययन् अनुसन्धानमा प्रेरित गर्न यो वर्ष सम्मेलनमा मेडिकल कलेजमा अध्ययन्रत मेडिकलका विद्यार्थीहरुलाई समेत सहभागी गराउन लागिएको बताए । उनले भने, ‘ युवा अनुसन्धानकर्तालाई पनि अनुसन्धानमा आकर्षित गर्नु जरुरी भएकाले यो पटकको समिटमा हामीले सहभागीको संख्या बढाएका छौ । ’ डा. ज्ञवालीका अनुसार अत्याधुकि प्रविधिको प्रयोग मार्फत हुने समिटमा करिव ५ लाखले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता जनाउने छन् । समिटमा उत्कृष्ठ अध्ययन अनुसन्धानदातालाई हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र सम्झना मिडिकल ट्रष्ट यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मिडिकल ट्रष्ट यङ हेल्थ रिसर्च अवार्ड र हेल्थ रिसर्च लाइफटाइम अचिभमेन्ट अवार्ड लगायतका अवार्ड प्रदान गरिने डा. ज्ञवालीले जानकारी दिए ।
Leave a Reply