• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

‘हामीलाई खाना चाहिन्छ, चुरोट होइन ।’

May 30th, 2023 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘हामीलाई खाना चाहिन्छ, चुरोट होइन ।’

हेल्थ टुडे,
काठमाडौं, १६ जेठ : ‘हामीलाई खाना चाहिन्छ, चुरोट होइन ।’ भन्ने मूल नाराका साथ जेठ १७ गते विश्व धुम्रपान रहित दिवस मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइदै छ । सूर्तिजन्य पदार्थको सेवनका कारण नसर्ने रोगहरु (क्यान्सर, मधुमेह, उच्चरक्तचाप) को संक्रमण बढ्दै गइरहेको छ । नसर्ने रोगको उपचार निकै महंगो छ । हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएका देशका नागरिकका लागि सूर्तिजन्य पदार्थको सेवनका कारण लाग्ने क्यान्सर जस्ता रोगको उपचार गराउनु पर्दा घर खेत बेच्नु पर्ने अवस्था छ । सूर्तिजन्य पदार्थ सेवनका कारण निम्तिने रोगहरुको उपचारमा राज्यले ठूलो धनरासी खर्च गर्नु परेको छ । रोग लागेपछि उपचारका लागि विभिन्न अस्पताल धाउनु भन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु पर्ने तिर लाग्नु पर्छ । सूर्तिजन्य पदार्थको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुराको सूचना नेपालमा अधिकांश नागरिकमा छ । सूर्तिजन्य पदार्थका बट्टाहरुमा लेखिएको सन्देश वा छापिएका तस्बिरहरुले पनि त्यही कुरा भन्छ । तर सूर्तिजन्य पदार्थको सेवन गर्नु हुदैन भन्ने कुरा थाहा भएर पनि धुम्रपान गर्न छोड्न नसक्नुको पछाडि हामीमा सूचना वा जानकारी छ तर त्यसको सेवन गर्नु हुदैन भन्ने चेतना छैन भन्ने बुझिन्छ । जवसम्म हामीमा धुम्रपान गर्नु हुन्न भन्ने चेतना बिस्तार भएर व्यवहारमा त्यो कुरा लागु गर्न सक्दैनौ तव सम्म क्यान्सर लगायतका रोगको सिकार भइरहन्छौ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्वारा गरिएको एनसिडी स्टेप्स सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । चिकित्सकहरुका अनुसार धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवण शक्ति कम्जोर हुने जस्ता स्वास्थ्य समस्या हुन्छन् । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा २२.३ प्रतिसत मानिसहरु सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाहरुको (७.८%) तुलनामा पुरुषहरुमा (३६.७%) बढी हुने गरेको छ । स्टेप्स सर्भे २०१९ अनुसार नेपालमा २८.९% मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ र ४८.३% पुरुष र ११.६% महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
यस वर्षको नाराले कुपोषणको समस्यालाई ध्यानमा राख्दै खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्न वैकल्पिक र दिगो खेतीका लागि नीति र रणनीतिहरू विकास गर्ने विषयमा राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ ।
सुर्तीजन्य पदार्थको खेती गर्दा, उत्पादनको क्रममा र प्रयोग पश्चात उत्सर्जन हुने फोहरले जल, वायु र जमिन प्रदूषित हुन्छ र मानव स्वास्थ्यको साथै समग्र वातावरणमा प्रतिकुल प्रभाव पार्दछ । यी समस्याहरुको सम्बोधन गर्न सरोकारवाला सबैको भूमिको विषयलाई जोड दिंदै सुर्तीजन्य पदार्थको खेती, उत्पादन र प्रयोगलाई निरुत्साहित गर्न आवश्यक छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि डब्लूएचओ एफसिटिसीको आधारमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण लक्षित कानून र प्रक्रियात्मक दस्तावेजहरू तयार गरी कार्यान्वयनमा ल्याएको छ । कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थ बिक्रेताले अठार बर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ । संघ, प्रदेश र स्थानीय तहमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित कानून र नियमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक छ । प्रत्येक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको निरीक्षक तोकिएको छ ।
सुर्तीजन्य पदार्थको असरहरुलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानून, नियमावली र निर्देशिका पारित भई लागु भइसकेको अवस्थामा यी प्रावधनहरुको कडाईका साथ लागु गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्न अपरिहार्य बनेको छ । सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र विक्रि वितरणलाई नियमन गर्न आवश्यक छ ।
सुर्तीजन्य पदार्थको खेती, उत्पादन, विक्रि वितरण र प्रयोगबाट मानव स्वास्थ्यको साथै समग्र वातावरणमा हुने प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ रहित दिवसलाई अभियानका रुपमा वर्षैभरी सञ्चालन गर्न आवश्यक छ ।
विश्व धुम्रपान रहित दिवसकै अवसरमा डब्ल्यूएचओ दक्षिण–पूर्वी एशियाकी क्षेत्रीय निर्देशक डा.पूनम क्षेत्रपाल सिंहले पनि विज्ञप्ति जारी गर्दै सुर्ती नियन्त्रण कार्यक्रमको केन्द्रविन्दु सुर्तिको माग घटाउने लक्ष्य राखेको भए पनि सुर्तीजन्य पदार्थको प्रयोगको व्यापकतामा समग्र कमी ल्याउन सुर्तीजन्य पदार्थको आपूर्ति घटाउने रणनीतिलाई माग घटाउनेसँग सन्तुलित बनाउन आवश्यक रहेको बताएकी छन् । ‘हामीलाई सुर्ती होइन खाना चाहिन्छ’ अभियानको उद्देश्य सुर्ति किसानहरूका लागि वैकल्पिक बाली उत्पादन र बजारीकरणका अवसरहरू बारे चेतना जगाउने र उनीहरूलाई दिगो, पौष्टिक बाली खेती गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको डा. सिहले बताएकी छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गेटा मेडिकल कलेज १०० शैयाको अस्पतालबाट सञ्चालन हुने
Next article हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई ब्लुम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web