• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान

September 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान


हेल्थ टुडे,

काठमाडौं, २ असोज : नेपाल परिवार नियोजन संघले एक वर्षमा ३६ लाख व्यक्तिहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको छ । ११ औं राष्ट्रिय परिवार योजना दिवस तथा परिवार नियोजन संघको ६५ औं स्थापना दिवसका अवसरमा बुधबार संघको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजना गरिएको कार्यक्रममा नेपाल परिवार नियोजन संघले सन् २०२३ मा देशका ३१ वटा जिल्लामा रहेका सेवा केन्द्रहरु मार्फत ३६ लाख व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्यका विविद सेवा प्रदान गरेको जनाएको हो । सो अवधिमा संघले एक लाख महिलाको अनिश्छित गर्भाधारण रोक्न भूमिका खेलेको, ५० हजारको असुरक्षित गर्भपतन हुनबाट बचाएको, ४३ जना महिलाको मातृ मृत्यु घटाएको र ३०० बाल मृत्युदर घटाउन योगदान गरेको दाबी गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजूले युवा जनशक्ति विदेश पलायत हुदै जाने र देशमा जनसंख्या घट्दै गए भविश्यमा समस्या आउने बताउदै सरकारले बेलैमा जनसंख्या व्यवस्थापनका बिषयमा ठोस योजना बनाउनु पर्नेमा जोड दिए । जनसंख्या वृद्विदर घटिसकेकाले अव जनसंख्या घटाउनतिर लाग्नु भन्दा भएको जनसंख्यालाई व्यवस्थित गर्नतिर लाग्नु पर्ने कसजूले बताए । परिवार नियोजन संघले पनि अब नयाँ योजनाका साथ अगाडि बढ्नु पर्ने बेला आएको बताउदै संघका अवका कार्यक्रम गुणस्तरीय प्रजनन सेवा र अधिकारका विषयमा केन्द्रित हुने कसजूले जानकारी दिए । संघका कार्यकारी निर्देशक डा. प्रविण शाक्यले परिवार नियोजन संघले अव जनसंख्या घटाउनु भन्दा प्रजनन स्वास्थ्य सेवाको दायरा बढाएर अगाडि बढ्ने बताए । उनले भने, ‘हामी अब परिवार योजनामा फोकस छौ । यही अनुसार अगाडि बढ्छौ । ’
विसं २०१६ सालमा स्वर्गिय द्वारिका देबी ठगुरानीको अगुवाईमा स्थापना भएको संघले नेपालमा जनसंख्या नियन्त्रण र यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्नमा अग्रणी भूमिका खेलेको छ । कार्यक्रममा अध्यक्ष कसजू र कार्यकारी निर्देशक डा. शाक्यले स्वर्गिय ठगुरानीको तस्विरमा माल्र्यापण गरेर कार्यक्रमको सभुारम्भ गरेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ जनसम्पर्क एवं पैरवी विभाग प्रमुख जमुना सिटौलाले संघले सन् २०२३ देखि २०२८ सम्मका लागि नयाँ रणनीतिक योजना निर्धारण गरेर अगाडि बढेको बताइन । परिवार नियोजनका साथै व्यक्ति केन्द्रित सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्वता, संस्थागत वृद्विविकाश र दिगोपन लगायतका मुख्य स्तम्भका आधारमा संघले सेवा प्रदान गर्ने सिटौलाले जानकारी दिइन । कार्यक्रममा संघ मातहतका विभिन्न साखा प्रमुखहरुको पनि सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आईओएमको डीनका लागि १३ जनाले दिए आवेदन
Next article डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web