• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान

September 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान


हेल्थ टुडे,

काठमाडौं, २ असोज : नेपाल परिवार नियोजन संघले एक वर्षमा ३६ लाख व्यक्तिहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको छ । ११ औं राष्ट्रिय परिवार योजना दिवस तथा परिवार नियोजन संघको ६५ औं स्थापना दिवसका अवसरमा बुधबार संघको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजना गरिएको कार्यक्रममा नेपाल परिवार नियोजन संघले सन् २०२३ मा देशका ३१ वटा जिल्लामा रहेका सेवा केन्द्रहरु मार्फत ३६ लाख व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्यका विविद सेवा प्रदान गरेको जनाएको हो । सो अवधिमा संघले एक लाख महिलाको अनिश्छित गर्भाधारण रोक्न भूमिका खेलेको, ५० हजारको असुरक्षित गर्भपतन हुनबाट बचाएको, ४३ जना महिलाको मातृ मृत्यु घटाएको र ३०० बाल मृत्युदर घटाउन योगदान गरेको दाबी गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजूले युवा जनशक्ति विदेश पलायत हुदै जाने र देशमा जनसंख्या घट्दै गए भविश्यमा समस्या आउने बताउदै सरकारले बेलैमा जनसंख्या व्यवस्थापनका बिषयमा ठोस योजना बनाउनु पर्नेमा जोड दिए । जनसंख्या वृद्विदर घटिसकेकाले अव जनसंख्या घटाउनतिर लाग्नु भन्दा भएको जनसंख्यालाई व्यवस्थित गर्नतिर लाग्नु पर्ने कसजूले बताए । परिवार नियोजन संघले पनि अब नयाँ योजनाका साथ अगाडि बढ्नु पर्ने बेला आएको बताउदै संघका अवका कार्यक्रम गुणस्तरीय प्रजनन सेवा र अधिकारका विषयमा केन्द्रित हुने कसजूले जानकारी दिए । संघका कार्यकारी निर्देशक डा. प्रविण शाक्यले परिवार नियोजन संघले अव जनसंख्या घटाउनु भन्दा प्रजनन स्वास्थ्य सेवाको दायरा बढाएर अगाडि बढ्ने बताए । उनले भने, ‘हामी अब परिवार योजनामा फोकस छौ । यही अनुसार अगाडि बढ्छौ । ’
विसं २०१६ सालमा स्वर्गिय द्वारिका देबी ठगुरानीको अगुवाईमा स्थापना भएको संघले नेपालमा जनसंख्या नियन्त्रण र यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्नमा अग्रणी भूमिका खेलेको छ । कार्यक्रममा अध्यक्ष कसजू र कार्यकारी निर्देशक डा. शाक्यले स्वर्गिय ठगुरानीको तस्विरमा माल्र्यापण गरेर कार्यक्रमको सभुारम्भ गरेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ जनसम्पर्क एवं पैरवी विभाग प्रमुख जमुना सिटौलाले संघले सन् २०२३ देखि २०२८ सम्मका लागि नयाँ रणनीतिक योजना निर्धारण गरेर अगाडि बढेको बताइन । परिवार नियोजनका साथै व्यक्ति केन्द्रित सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्वता, संस्थागत वृद्विविकाश र दिगोपन लगायतका मुख्य स्तम्भका आधारमा संघले सेवा प्रदान गर्ने सिटौलाले जानकारी दिइन । कार्यक्रममा संघ मातहतका विभिन्न साखा प्रमुखहरुको पनि सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान
Next article आईओएमको डीनका लागि १३ जनाले दिए आवेदन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web