हेल्थ टुडे,
काठमाडौं,२९ चैत : वरिष्ठ मनोचिकित्सक एवं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रा.डा.सरोज प्रसाद वझाद्वारा लिखित
‘मनोस्वास्थ्य’ पुस्तकको शुक्रबार राजधानीमा एक समारोहबिच विमोचन भएको छ । सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठ सहित वरिष्ठ मनोचिकित्सकहरुले उक्त पुस्तकको विमोचन गरेका हुन । डा. वझाले आफ्नो २५ वर्षको मनोचिकित्सा सेवाको अनुभवलाई सरल र सबैले बुझ्ने भाषामा लेखेका छन् । ‘मनोस्वास्थ्य’ मा डा. वझाले मानसिक स्वास्थ्यका समस्याहरु र मानसिक अस्वस्थताका बारेमा महत्वपूर्ण विषयहरुले प्रस्तुत गरेका छन् ।
विमोचन समारोहमा बोल्दै पुर्व प्रधानन्यायधिश श्रेष्ठले हाम्रो समाजमा जगडिएर बसेको मानसिक स्वास्थ्यका समस्या पहिचान गर्न र विरामीलाई अस्पतालसम्म पुग्ने वातावरण बनाउन पुस्तक निकै लाभदायक रहेको बताए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.मोहन शर्माले पुस्तक लेख्नु सहिजो काम नभएको बताउदै डा.वझाले खुब मेहनत गरेर पुस्तक लेख्नु भएकोमा बधाई दिए । पुस्तक आम समुदायका लागि मात्र नभएर चिकित्सा क्षेत्रका विद्यार्थीहरुका लागि पनि लाभदायक भएको डा. शर्माले बताए । हास्यकलाकार मनोज गजुरेलले पछिल्ला दिनमा समाजिक सञ्जाल मार्फत भाइरल बन्ने प्रवृति पनि एक किसिमको मनोरोग नै भएको बताउँदै यसको लतबाट बच्नु पर्नेमा जोड दिए ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र वरिष्ठ मनोचिकित्सक डा. देशराज कुवरले डा. वझाले लेख्नु भएको पुस्तकले समाजमा मानसिक स्वास्थ्यका विषयमा जनचेतना जगाउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक डा.वझाले मानसिक स्वास्थ्यको अवस्था विकिराल भएको बताउदै नेपालमा मात्रै दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । पुस्तक लेख्न आफुलाई १० महिना लागेको डा. वझाले जानकारी दिए ।
कार्यक्रममा डा. वझाकी धर्मपत्नी एवं स्त्री रोग विज्ञ डा. निभा वझाले अझै पनि मानसिक रोग लुकाएर बस्ने प्रवृति विद्यमान रहेकोले यस किसिमका पुस्तकले जनचेतना विस्तारका क्षेत्रमा योगदान पुग्ने बताइन । विमोचन समारोहमा मानसिक रोग विज्ञहरु र चिकित्सा क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । डा.वझा विगत लामो समयदेखि विभिन्न सञ्चार माध्यममार्फत मानसिक स्वास्थ्यका विषयमा कलम चलाउदै आइरहेका छन् । इटर्नल पब्लिकेसनले प्रशसन गरेको यो पुस्तकको मूल्य ५०० रहेको छ ।
वरिष्ठ मनोचिकित्सक प्रा.डा. वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन

Leave a Reply