• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 

October 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 

हेल्थ टुडे,

काठमाडौं, १७ असोज:  मनोरोग उपचार तथा पुनस्थापना केन्द्र र प्रथम पाइलाले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर मानसिक स्वास्थ्यका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

शुक्रबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मानसिक स्वास्थ्यका विभिन्न क्षेत्रमा आआफ्नो स्थानबाट योगदान गरेका व्यक्ति र संस्थाहरुलाई सम्मान गरेकी हुन् । सम्मानित हुनेमा हेल्थ टुडेका सम्पादक पदमराज जोशी सहित स्वास्थ्य पत्रकारहरु हाम्रो डक्टर न्यूज डटकमका सम्पादक उद्धवराज भेटुवाल र इमेल टेलिभिजनकी स्वास्थ्य पत्रकार प्रज्ञा तिमिल्सिना छन् । त्यसैगरि विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोचिकित्सक डा. केदार मरहट्टा, मनोचिकित्सक डा. पुष्पप्रसाद शर्मा, समाजसेवी मित्रसेन दाहाल, अधिवक्ता स्वागत नेपाल र मेरिनाल नेपाल पुनस्थापना केन्द्र लगायत छन् ।

 

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थापाले हाम्रो समाजमा अहिलेसम्म पनि महिलालाई बस्तुको रुपमा हेर्ने र त्यही अनुसार व्यवहार गर्ने मानसिकता र चिन्तन हावी भएकाले अहिले पनि उच्च तहका व्यक्तिबाट समेत महिलाले हिंसा बेहोर्नु परेको बताइन । समाजले मानसिक समस्या भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको बताउदै यो क्षेत्रमा कार्यरत व्यक्तिहरुको योगदानलाई सरकारले कदर गर्ने बताइन । कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले सञ्चारमाध्यमहरुले मदिराको विज्ञापन रोक्नु पर्नेमा जोड दिदै मदिराका विज्ञापनले यसको प्रयोगमा वृदि भएर महिला हिंसा बढी रहेको दावी गरे ।

सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका मनोविद् गोपाल ढकालले मानसिक स्वास्थ्य सबैको सरोकार भएकाले सबैको सहकार्यमा यसको समाधान खोज्न सकिने बताए । उनले भने, स्वास्थ्य मन्त्रालयले मात्र मानसिक स्वास्थ्यको समाधान गर्न सक्दैन । यसमा हामी सबैको सहकार्य आवश्यक छ । ’ प्रथम पाइलाका सम्पादक डा.दिनेश वास्तोलाले पहिलेको तुलनामा मानसिक स्वास्थ्यका क्षेत्रमा केही सकारात्मक काम भइरहेको भए पनि प्रयाप्त नभएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कारः विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जालाई
Next article फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web