• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

औषधिको प्रयोग नै नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

January 14th, 2020 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिको प्रयोग नै नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

हेल्थ टुडे,
काठमाडौं, २९ पुष: नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ ।
तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् ।
विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् ।
औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ?
शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ ।
स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो ।
तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन।
मद्यपान कम गर्ने स्एक अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ।
धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यूबिडी फर्मास्यिूटिकल्सले उत्पादन गरेका औषधि बजारमा
Next article एक तिहाई महिलामा आङ खस्ने समस्या

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133805
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web