• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका

April 19th, 2020 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका

रमेश भट्ट,

कोरोना महामारिका कारण देशनै बन्दा(बन्दी भएको लगभगतीन हप्ता पुरा भैसकेको छ । यो महामारिका कारण स्वास्थ्य क्षेत्र पुरै प्रभावित भएको छ । यसै महमारीको कारण समजिक, आर्थिक र राजनैतिक संकट पनि आउने अवस्था उच्च देखिएको छ । चारैतिरको माहोल अन्योल छ । सबै रोजगारीका कामहरु ठप्पछन । दैनिक जसो, व्यक्तीहरु आफ्नो जागिर र आम्दानीका श्रोत हरु गुमाउदैछन । आमनागरिकको दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै गैरहेको छ । सबैजना आफ्नो स्वास्थ्य सुरक्षा र जिविकोपार्जनको लागि चिन्तित छन । साथै सुरक्षित उपायहरुको खोजिमा छन ।
कोरोना रोकथामका लागि सरकारले गरेको प्रयासहरु र यस सम्बन्धी सन्चालन भैरहेका अन्य गतिबिधिहरुको बारेमा प्राय जसो प्रत्येक दिन बिभिन्न संचारका मध्यमहरुमा तथा सामाजिक सन्जालहरुमा ओइरो छ । तर, वास्तविक रुपमा यी प्रसारण वा प्रकसित भएका चेतनामुलक जानकारीहरु तथा खबरले हाम्रो समाजका आमनगरिकलाई कत्तिको प्रभाव पारेको छ भन्ने कुरा बुझ्नु अति आवस्यक छ ।
शहरबजारतिर त बिभिन्न सहज संचारका मध्यम तथा समाजिक संजाल प्रयोगकर्ता भएका कारण जानकारी सहजै आमनगरिकवा लक्षित वर्गमा पुग्ने र सोहि अनुरुप सुरक्षा र सावधानीका सामाग्रीहरुको पहुच पनि यो वर्गलाई अरु भन्दा अलि सहज भएकोले महामारी बिरुद्ध आफुलाई सचेत र सुरक्षित हुन यसले निकै ठुलो मद्दत गरेको छ । तर, हाम्रो ग्रामिण र दुर्गम क्षेत्रमा वसोवास गर्ने वर्ग, जसको आफ्नै दिनचर्या छ, साथै यो वर्ग आमसंचारका माध्यम तथा समाजिक सन्जालबाट पनि अलग भएको, वा सिमित पहुच भएको अवस्था हुँदा, यस्तो समुदायलाई कसरी यस्ता जानकारीहरु प्रभावकारी रुपमा पुर्याउने भन्ने अर्को महत्वपूर्ण पक्ष छ । यस्तो समुदायका मानिसहरुलाई कुनै माध्यमबाट चेतनामुलक जानकारी प्राप्त भएपनि त्यसपछी अपनाउनुपर्ने सावधानी र सुरक्षाका सामाग्रीहरु जस्तै मास्क, सेनिटाइजर, नियमित सबुनपानीको व्यवस्था कसरी र कहाँबाट उपलब्ध गराउने भन्ने अर्को महत्वपूर्ण चुनौति छ ।
हाम्रो जस्तो गरिव मुलुकमा कुनै महामारी वा ठूलो संकट आउँदा आमनागरिकको दैनिकीमा यसले तुरुन्तै नकारात्मक प्रभाव पार्छ र जिविकोपार्जनमा पनि कठिनाइ शुरु हुन्छ । यसरि प्रभावित भएका व्याक्तिहरु तनाव र अन्यौलका कारण यो अवस्थामा आफूलाई सुरक्षित बनाउने उपाय, सर्तकता वा अपनाउनु पर्ने सावधानीहरु पूर्णरुपमा नबुझ्ने, बुझ्नै नचाहने, बिर्सने वा सम्झे पनि अपनाउन नसक्ने अवस्थामा हुन्छन । यसको साथै आवश्यक स्रोत साधनको अभाव वा पहुच नहुदा पनि दिईएका जानकारीहरु यस्तो समुदायका लागि त्यति प्रभावकारि हुदैनन ।
कोरोना महामारी विरुद्द खासै प्रभावकारि उपचार तथा खोप नभएको अवस्थामा, यो रोग एकबाट अर्कोमा सर्ने प्रकृयाको रोकथाम, व्याक्तिगत सावधानी र सामाजिक दुरि अपनाउनु नै यो रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । यी उपायहरुलाई अझ ससक्त बनाउन, सबै क्षेत्र र बर्गका मानिसहरुलाई यो कुरा राम्ररी बुझाउन र यसको प्रभावकारी अवलम्वन गराउन पनि बिभिन्न संचारका माध्यमको महत्वपूर्ण भूमिका छ । आमनागरिकको लागि प्रसारण वा प्रकासित भएका जानकारीहरु सरल, सहज, व्यावहारिक, ठाउँ विशेष सुहाउदो हुनुपर्ने,साथै त्यस्ता जानकारी समाजले विश्वास गरेका साथै असल भूमिका निर्वाह गरेका व्यक्तिको मार्फतबाट दिदा अझ प्रभावकारी हुन्छ ।
तर, हाम्रो समाजको कुरा गर्दा कति ठाँउ गाउँहरु यस्ता पनि छन, जुन ठाउँमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, र सामाजिक संजालका कुनै पनि माध्यमहरु न त उपलब्ध छन, न त तिनको नियमित प्रयोग नै भएको पाइन्छ । यद्दपि महामारीको जोखिम भने ती ठाँउ गाउँहरुमा पनि त्यत्तिकै उच्च र सम्भावित छ । यस्ता ठाँउहरुमा कोरोना महामारी सम्वन्धि महत्वपूर्ण जानकारि दिन र रोकथामका विधिहरु सिकाउन त्यहि समाजका सफल व्यक्तिहरु, महिला स्वास्थ्य स्वयं सेविका, आमासमूह, बिभिन्न धर्मका धर्मगुरुहरु, स्थानिय निकायमा कार्यरत स्वास्थ्यकर्मिहरु तथा यो महामारी सम्वन्धि राम्ररी बुझेका स्थानिय व्यक्तिहरु परिचालन गारि जानकारी दिदा, समूदायका मानिसहरुले यिनका कुराहरु सहजै स्विकार गर्ने र दिएको जानकारी पनि प्रभावकारी हुने हुन्छ ।
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्ने क्रममा छ । यसका कारण स्वास्थ्यकर्मिहरु सिमित श्रोतसाधनमै भए पनि खटिएर अग्र पंक्तिमा काम गरिरहेका छन । यसका साथै सुरक्षाकर्मी , संचारकर्मीहरुले पनि आआफ्नो जिम्मेबारी खटेर निभाईरहेका छन । अधिकांश नागरिक सुरक्षित रुपमै आफ्नो परिवार संग छन । तर केहि बिदेश वा देशभित्रकै नागरिकहरुलाई लकडाउनको जानकारी समयमै नहुंदा अलपत्र परेका छन । काठमाडौं लगायत देशका बिभिन्न शहरमा सानोतिनो रोजगारी गरि डेरामा बस्ने ब्यक्तिहरुका लागि यो बेला गाँसबासको प्रबन्ध मिलाउननै निकै कठिन परेको छ ।
बाहिरि देशहरु जस्तैः चिन,क्यानाडा,इटाली,जर्मनि,भारत लगाएत थुप्रै देशका उच्च पदस्थ ब्यक्तिहरुले संचारका माध्यमबाट आफ्ना जनता प्रति देखाएको भावनात्मक लगाव र यो महामारीको रोकथाम तथा उपचार क्रममा गरेको स्रोत साधनको अधिकतम परिचालन देख्दा हामि कतै चुक्यौ कि जस्तो पनि लाग्छ । यस्तो बेलामा हाम्रो समाजका अग्रणि नेतृत्ववर्गले निर्वाह गरेको भूमिका तथा तिनले दिएका अभिब्यक्ति र आस्वासनहरु असाध्यै चिसा र सुन्दा पनि असहज लाग्ने खालका छन । भोकप्यास, थकानले लखतरान भएर टाढाटाढा सम्म आफ्नो घर पुग्न भनि हिडेका पैदल यात्रु, रासन औषधी नपाएर छटपटाई रहेका, सीमापारि अलपत्र परेका नागरिकहरुका लागि हाम्रा नेतृत्वले गरेका सम्बोधन,अभिब्यक्ति र सल्लाहको कुनै तुक छैन ।
महामारीको यो प्रतिकुल अवस्थालाई समग्र नेतृत्वमा रहेका ब्यक्तिहरुले अलि फरक र संबेदनशिल ढंगले मनन गर्नुपर्छ । आफुले दुध भात सहजै पाइरहेको छु भन्दैमा अन्य सबैलाई पनि सोहि सहजताले हेर्ने र विश्बास गर्नु कत्तिको बुद्दिमानि हुन्छ । यस्तो बेलामा नेतृत्व बर्गमा रहेका ब्यक्तित्वहरुले आफू प्रतिनिधित्व गर्ने क्षेत्र र समाजसंग प्रत्यक्ष संलग्न भएर त्यहाँ रहेका त्रास, चिन्ता र अन्यौल हटाउने काममा लाग्नु बुद्धिमानी हुन्छ । आफ्नो स्थानिय स्तरमा परेका समस्याहरुको प्रभावकारी समाधान गर्ने उपाय खोज्ने साथै आवश्यक स्रोत साधन जुटाउने र त्यसको अधिकतम सदुपयोग गर्ने, गरिव र निम्न बर्गका नागरिकलाई राहत जुटाउन मद्दत गर्ने जस्ता काममा जुटे सामुदायको आत्मबिश्वास बढने साथै उनीहरुलाई रोग तथा अन्य सामस्याहरुसंग जुध्न थप हौसला मिल्न सक्दथ्यो । तर, केन्दमै बसेर आफ्ना घरभित्रबाट वा आसेपासेको गुडबाट दिएका सल्लाह, सुझाव र अभिव्यक्तिहरुले यस्ता व्याक्तिको नेतृत्व गर्ने क्षमता प्रष्ट देखाउछ । यसको साथै, नेतृत्व गर्ने ब्यक्ति र शासक बिचको भिन्नता पनि आम नागरिकले यस्तो बेलामा सजिलैसंग छुट्टाउन सक्छन ।
पुजिबादको सिद्दान्त अनुसार संसारका थोरै प्रतिशत मानिसहरुले अधिकतम श्रोत साधनको उपभोग गरिरहेका हुन्छन भने, बाँकी रहेका सिमित स्रोत साधनमा अधिकाशं मानिसहरुले आफ्नो जिविकोपार्जन गरिरहेका हुन्छन । यो अवस्था हाम्रो देशमा पानि लागु हुन्छ । नेपालका नेतृत्व बर्गमा रहेका ब्यक्तिहरुको कुरा गर्दा, उनिहरुसंगनै श्रोत र साधनको अधिकतम पहुँच र त्यसको संचय पनि भएको अवस्था छ । त्यसकारण, यो जटिल तथा मानव सभ्यतानै संकटमा पर्ने अवस्थामा कतै हाम्रो नेतृत्व बर्गहरु अर्काका अभाव र समस्यानै नबुझ्ने अवस्थामा त छैनन वा जनतालाई सेवामा पुर्याउनु पर्ने खर्च तथा स्रोत साधन पनि आफ्नै विलाशिता र आफ्ना आसेपासेको सुख(सेवामा खन्याइरहेका त छैनन ? यो सोचनिय बिषय छ ।
आफूले प्रतिनिधित्व गरेको समाजको अवस्था के छ? त्यहाँका नागरिकहरुको बाच्ने आधार सहज कसरी बनाउन सकिन्छ भन्ने पक्ष कतै हाम्रो नेतृत्व बर्गले बिर्सन खोजिरहेको त छैन? त्यो पनि अर्को गम्भिर प्रश्न छ ।
अहिलेको महामारिको बेलामा घरघरमा खाधान्नको अभावका कारण भोकभोकै बस्नुपरेको वा दिर्घरोगीहरुले औषधि उपचार नपाईरहेका खबर दिनानुदिन आईरहेको बेलामा सरकारको नेतृत्व लिएका ब्यक्तिहरुले पनि अलि बढि संबेदनशिल भएर अन्य क्षेत्रका अनाबश्यक तथा विलाशिताका खर्चहरु कटौती गरि साथै बिशिष्ट ब्यक्तिको सरकारि सुबिधामा पनि मितब्ययीता गर्दै ती स्रोतहरुको प्रयोग हाल समाजमा रहेका पिडित र अभाव भोगिरहेका नागरिकका आधारभूत आवश्यकता र राहत जुटाउनमा खर्च गर्न सके राज्य सत्ताको बागडोर समाल्नेहरुलाई यी पिडीत जनताको आत्माले कति धन्यवाद देला र कालान्तरमा पनि यो सरकारको छवि कति उच्च रहला भन्ने कुरामा पनि सरकारका नेतृत्व लिने वर्गको ध्यान जानु जरुरी छ ।
नत्र, कसैकसैलाई वन्दावन्दीको यो अवस्था रमाईलो र आराम गर्न दिएको छुट्टि जस्तो हुने र कसैलाई आधारभूत चिजविजको चरम अभावले एकातिर रोगबाट संक्रमित हुने त्रास त छदैछ, अर्को तर्फ शाररिक र मानसिक पिडाका साथै जिवन जिउनै गाह्रो हुने अवस्था छ ।
( भट्ट, यति स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगन्जका प्रिन्सिपल हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोनाबाट बच्न यसकारण जरुरी छ, साबुन पानीले हातधुनु
Next article कैलालीका युवक पनि कोरोना संक्रमणबाट निको भएर घर फर्के

Health Today Nepal

Related Posts

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web