• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

रुट क्यानलमा अब्बल जोडी

March 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुट क्यानलमा अब्बल जोडी

डा.सुमन गौतम र डा.आशा थापा परिचित दन्त रोग विशेषज्ञमात्र नभएर असल दम्पती हुन् । डा.सुमन नेपाल मेडिकल कलेज जोरपाटीमा आबद्घ छन् भने आशा वीर अस्पतालको डेन्टल विभागमा । डा.सुमनले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याचमा र डा. आशाले मणिपाल कलेज अफ डेन्टल साईन्सेस, मणिपालबाट बीडीएस (ब्याचलर्स अफ डेन्टल सर्जरी) उत्तीर्ण गरेकी हुन् । बीडीएसपछि केही वर्ष काम गरे दुवैले । काठमाडौं विश्वविद्यालयबाट विशेषज्ञता अर्थात एमडीएस (मास्टर्स इन् डेन्टल सर्जरी) गर्ने बेला दुवैबीच आपसमा चिनजान भयो । पछि दुवैका परिवारको सहमतिमा विवाहबन्धनमा बाँधिए । मास्टर्स पढ्दापढ्दै झांगिएको प्रेम पढाइ सकेपछि सन् २०११ मा विवाह भयो । अहिले उनीहरूको एक छोरा छ ।
डा.सुमनले न ेपाल मेडिकल कलेजबाट र डा.आशाले वीर अस्पतालबाट बचेको समय पाटन अस्पताल अगाडि रहेको ललितपुर मलको चौथौ तलामा रहेको रुट क्यानल सेन्टरमा उपचार गर्छन् । पढाइ सकेर काम सुरु गरेदेखि नै दाँतको उपचारमा नयाँ प्रविधि भित्र्याउनुपर्छ भन्ने दुवैलाई लागेको थियो । दुवैले सल्लाह गरे, परम्परागत विधिभन्दा आधुनिक विधिमार्फत किन सेवा नदिने ? तर त्यो प्रविधिमा केही कठिनाइ र चुनौती दुवै थिए । तर यो जोडी चुनौती र कठिनाइ दुवै मोल्न तयार भयो । दुवैले चुनौतीको सामना गरौं भन्ने सल्लाह भएपछि उनीहरूले माइक्रोस्कोपमार्फत उपचार गर्ने प्रविधि ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप’ एक वर्ष अगाडि मात्र भित्र्याएका हुन् । यो प्रविधि नेपालमा आफूहरूले पहिलो पटक नेपाल भित्र्याएको उनीहरूको दाबी छ । नयाँ प्रविधिका विषयमा धेरैजना जानकार छैनन् । त्यसैले अहिले पनि धेरैजसो परम्परागत विधिमार्फत नै रुट क्यानल भइरहेको डा. आशा बताउँछिन् ।
उनी भन्छिन्, ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप हामीले हाम्रो सुविधाका लागि मात्र ल्याएका होइनौं । बिरामीले विश्वसनीय, अन्तर्राष्टिय स्तरको सेवा नेपालमै पाउनुपर्छ भन्ने अभिप्रायले चुनौती मोलेर यो प्रविधि ल्याएका हौं । यो कुरा सबैले बुझिदिनु प¥यो ।’
दन्त चिकित्सकको भीडमा डा.सुमन र डा.आशा दम्पती केही पृथक् छन् । दुवैजना आफ्नो विज्ञता भन्दा बाहिर गएर उपचार गर्दैनन् । डा.आशा भन्छिन्, “बिरामीको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो । नेपालमै स्तरीय र आधुनिक प्रविधिमार्फत सेवा दिन पाएकामा गर्व लाग्छ । ’
आफ्नो पेसाबाट दुवैजना सन्तुष्ट रहेको बताउँछन् । डा. सुमन भन्छन्, ‘आफूले विज्ञता हासिल गरेको विषयमा निखार ल्याउँदै नयाँ प्रविधिमा जोड दिनुपर्छ । सबै मिलेर नेपालको दन्त सेवालाई माथि उठाउनुपर्छ ।’
हेल्थ टुडे

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ख्यालख्यालमै बसेको पिरती
Next article अब माइक्रोस्कोपबाट दाँतको उपचार

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web