चिकित्सा विज्ञानमा भित्रिदै गरेका नयाँ प्रविधिमध्ये केही नेपाल भित्रिएका छन् भने केही भित्रने तरखरमा छन् । मेडिकल सिटीको रुपमा परिचित चितवनको नारायणी हस्पिटलले चाडै रोबट सर्जरी प्रविधि भित्र्याउदै छ ।
अस्पताल व्यवस्थापनले अस्पतालको थप सेवा बिस्तार गर्दै दुई अर्ब लगानी थप गरे पछि रोबट सर्जरी सहितका अत्याधुनिक सेवा बिस्तार हुने भएको छ । अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालले चाडै पेट स्क्यान मेसिन, गामानाईफ (ब्रने रेडियोथ्रेरापी), जिन थ्रेरापी सहित रोबटबाट अप्रेशन गर्न प्रविधि सञ्चालन गर्न लागेको बताए । विसं २०६२ सालमा स्थापना भएको यो अस्पताल एनपिआई समूहले सञ्चालन गरिरहेको छ । हस्पिटलको ११औं वार्षिकोत्सवका अवसरमा बोल्दै कार्यकारी अध्यक्ष श्रेष्ठले दुई अर्ब लगानी गरेर अत्याधुनिक प्रविधिसहित उत्कृष्ट सेवा दिने अस्पताल बनाउने दाबी गरे ।
उनले हस्पिटल विस्तारका लागि ६६ कठ्ठा जमीन समेत खरीद भइसकेको छ । अब बन्न लागेको अस्पतालमा मुटु, मृगौला र क्यान्सर रोगको उपचार हुने समेत उनले बताए ।
हस्पिटलका कार्यकारी निर्देशक चुडामणि खनालले अस्पतालले ओपिडी, मेजर र माईनर शल्यक्रियासगैँ हाइडेफिनेसन इन्डोष्कोपी सेवा, दुरविन प्रविधिबाट अप्रेशन प्रविधि, महिलाको स्तनको क्यान्सर उपचार भइरहेको बताए । अस्पतालमा ३ वटा मेजर अप्रेशन कक्ष, २ वटा माईनर, १० शैयाको आईसियू, ५ शैयाको पोष्ट अप्रेशन आईयिसू, १० शैयाको एआईसियू, ११ शैयाका इर्मेजन्सी सेवा, ६ शैयाको डे केयर, १५ शैयाको अर्थोपोडिक, १० शैयाको गाईने, १५ शैयाको पिडियाट्रिक लगायतका सेवा दिँदै आएको छ ।
Leave a Reply