• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोल्टी होटलले दियो डा. भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख

July 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोल्टी होटलले दियो डा. भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख

हेल्थ टुडे,
काठमाडौं, ८ साउन : सोल्टी होटलले डा भगवान कोइरालाले स्थापना गरेको बाल अस्पतालको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाईल्ड हेल्थलाई २५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
होटलका उपाध्यक्ष सुर्दशन चापागाईँले अस्पतालका संस्थापक डा. भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। होटलले हस्तान्तरण गरेको यो रकम दमकमा बनिरहेको दमक स्याटेलाइट बाल अस्पतालको पूर्वाधार बिस्तारमा प्रयोग गरिने जनाइएको छ। अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्यसम्बन्धी आवश्यक उपकरण किन्न यो रकम खर्चने होटलले जनाएको छ।
होटल र हस्पिटलको यो सहकार्यले बालबालिकाको स्वास्थ्य उपचारमा थप टेवा पुग्ने उद्देश्यले यो सहयोग गरिएको होटलले जनाएको छ।
उक्त इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज र सुलभ गराउनका लागि बाल स्वास्थ्य उपचारमा योगदान दिँदै आएको जनाइएको छ। यस अघि बुढानिलकण्ठस्थित हेपाली हाइटमा अत्याधुनिक बाल अस्पताल निर्माणको लागि सोल्टी होटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पच्चीस लाख रुपैंया सहयोग गरिसकेको जनाएको छ। इन्स्टिच्युटले काठमाडौं र दमकमा संस्थापित हुने बाल अस्पतालका अतिरिक्त देशका सातै प्रदेशमा स्याटलाइट बाल अस्पताल विस्तार गर्ने योजना बनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसी सिल
Next article वीर अस्पतालमा थप सुविधा सहित थपिए भिआईपी र भिभिआईपी कक्ष

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132368
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web