• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मुटुका लागि व्यायाम

November 30th, 2024 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुटुका लागि व्यायाम


हेल्थ टुडे,

काठमाडौं, १५ मंसिर : व्यायामले शरीरलाई बलियो मात्र बनाउँदैन, यसले धेरै प्रकारका रोगबाट बच्न सहयोग पु¥याउँछ भन्ने प्रमाणित तथ्य हो । अचेल हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोग बढदै जानुको पछाडिको प्रमुख कारण व्यायामको कमी हो । वर्तमान युगलाई जीवनशैलीका दृष्टिले बटन थिचेरै चल्ने युग भनिन्छ । आजका मानिसको अत्यधिक समय टेलिफोन, टेलिभिजन, कम्प्युटर, मोटरकार लगायत अन्य थुप्रै सरसामानको वटन थिच्नमै बित्छ । विज्ञान र प्रविधिको विकास तथा औद्योगीकरणका कारण सिर्जित आजको जीवनशैलीमा शारीरिक निष्क्रियता बढेको छ । यदि शारीरिक सक्रियता बढाउने तर्फ नसोच्ने हो भने मानिस झनझन रोगी र कमजोरी हुँदै जानेमा शंका गर्नु पर्ने ठाउँ छैन ।
हाम्रो देशको ठूलो भूभाग पहाडमा पर्छ । धेरै जनता गाउँमा बस्ने भएकाले दैनिक जीवनयापनका क्रममा यहाँका मानिसको प्रशस्त मात्रा शारीरिक गतिविधि हुनुपर्ने हो । विश्व स्वास्थ्य सगठनको पहलमा नेपालको पहाडी क्षेत्रमा केही समय पहिले भएको एक सर्वेक्षण अनुसार जम्मा ५.५ प्रतिशत नेपालीमा मात्र शारीरिक व्यायामको कमी छ भन्ने देखाएको छ । यो सकारात्मक हो । तर गाउँहरु धमाधम सहरीकरण भइरहेका छन । गाउँले सहरबजारमा आएर बस्ने क्रम बढदो छ । पहाडका मानिस तराईतिर झरेका छन । काठमाडौंको जनसंख्या अत्यधिक बढदो छ । ४० लाखभन्दा बढी मानिस यहाँ वस्छन । सहरियाहरुको जीवनशैली हेर्दा यहाँका ८० प्रतिशतभन्दा बढी मानिसमा शारीरिक निष्क्रियता र व्यायामको कमी भएको पाइन्छ । मुटु,मधुमेह, क्यान्सरजस्ता रोग पनि सहरबजारमै बढी भेटिने गरेका छन । यी रोगको रोकथाम र नियन्त्रणका लागि जीवनशैलीका विविध पक्षहरुलाई स्वास्थ बनाउनुका साथै शारीरिक सक्रियता र व्यायाम बढाउनुपर्ने देखिन्छ ।
शारीरिक सक्रियता र व्यायाम दुई फरक अवस्थाहरु हुन । दैनिक जीवनयापनमा नियमित रुपमा संचालन गरिने शारीरिक कार्यबाट सक्रिय वा निष्क्रिय भनी छुट्याइन्छ । शरीरलाई स्वस्थ्य, बलियो, सुगठित, लचकदार, तनावमुक्त राख्न अपनाइने विशेष प्रकारको शारीरिक कार्यलाई व्यायाम भनिन्छ । मानिस शारीरिक रुपले सक्रिय रहनुका साथै नियमित व्यायाम पनि गर्ने गरेमा शरीर स्वस्थ, बलियो र सुखी बन्दछ । नियमित व्यायामले मुटु र फोक्सोलाई ठीक अवस्थामा राख्न सहयोग गर्छ ।
एरोबिक व्यायाम
व्यायाम विभिन्न प्रकार हुन्छन, तौल उठाउनु, खाल्टो वा खेत खन्नु, पौडी खेल्नु, साइकल चलाउनु, लम्केर हिँडनु, योगाशन, प्राणायाम आदि सवै शारीरिक व्यायाम हुन । यस्तै ध्यान, विपश्यना आदि मानसिक व्यायाम हुन । मुटु र फोक्सोलाई स्वस्थ, बलियो र कन्सिनमा राख्न सवैभन्दा प्रभावकारी मानिन्छ, एरोविक व्यायाम ।
लम्केर हिँडने, साइकल चलाउने, पौडी खेल्ने, नाच्ने, पहाड चढने, टे«ड मिलमा कुद्ने आदि एरोबिक व्यायामका उदाहरण हुन । यी व्यायाम गर्दा मुटु र फोक्सोको काम बढछ । शरीरमा अक्सिजनको आवश्यकता बढछ । हातगोडा तथा शरीरका अन्य भागका मांसपेशी सक्रिय हुन्छन । हाडका जोर्नी सक्रिय हुन्छन । सम्पूर्ण शरीर नै सक्रिय हुन्छ । मुटु र फोक्सोले छिटोछिटो काम गरेर शरीरमा बढ्दो अक्सिजनको आवश्यकतालाई पूरा गर्छन । यस प्रकारको व्यायामबाट मुटु र फोक्सो कन्डिसनमा आउँछन र शरीरले धेरै काम गर्नु परेको बेलामा पनि यी अंग थाक्दैनन जसका कारण मानिसलाई स्याँ स्याँ हुँदैन र थकाई पनि लाग्दैन । यो अवस्थालाई राम्रो शारीरिक बोझ सहनशीलताको अवस्था अथवा राम्रो स्टामिना भएको भन्ने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय
Next article नेपालमा ९१ प्रतिशतले एचआइभी संक्रमण घट्यो

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web