• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मुटुका लागि व्यायाम

November 30th, 2024 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुटुका लागि व्यायाम


हेल्थ टुडे,

काठमाडौं, १५ मंसिर : व्यायामले शरीरलाई बलियो मात्र बनाउँदैन, यसले धेरै प्रकारका रोगबाट बच्न सहयोग पु¥याउँछ भन्ने प्रमाणित तथ्य हो । अचेल हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोग बढदै जानुको पछाडिको प्रमुख कारण व्यायामको कमी हो । वर्तमान युगलाई जीवनशैलीका दृष्टिले बटन थिचेरै चल्ने युग भनिन्छ । आजका मानिसको अत्यधिक समय टेलिफोन, टेलिभिजन, कम्प्युटर, मोटरकार लगायत अन्य थुप्रै सरसामानको वटन थिच्नमै बित्छ । विज्ञान र प्रविधिको विकास तथा औद्योगीकरणका कारण सिर्जित आजको जीवनशैलीमा शारीरिक निष्क्रियता बढेको छ । यदि शारीरिक सक्रियता बढाउने तर्फ नसोच्ने हो भने मानिस झनझन रोगी र कमजोरी हुँदै जानेमा शंका गर्नु पर्ने ठाउँ छैन ।
हाम्रो देशको ठूलो भूभाग पहाडमा पर्छ । धेरै जनता गाउँमा बस्ने भएकाले दैनिक जीवनयापनका क्रममा यहाँका मानिसको प्रशस्त मात्रा शारीरिक गतिविधि हुनुपर्ने हो । विश्व स्वास्थ्य सगठनको पहलमा नेपालको पहाडी क्षेत्रमा केही समय पहिले भएको एक सर्वेक्षण अनुसार जम्मा ५.५ प्रतिशत नेपालीमा मात्र शारीरिक व्यायामको कमी छ भन्ने देखाएको छ । यो सकारात्मक हो । तर गाउँहरु धमाधम सहरीकरण भइरहेका छन । गाउँले सहरबजारमा आएर बस्ने क्रम बढदो छ । पहाडका मानिस तराईतिर झरेका छन । काठमाडौंको जनसंख्या अत्यधिक बढदो छ । ४० लाखभन्दा बढी मानिस यहाँ वस्छन । सहरियाहरुको जीवनशैली हेर्दा यहाँका ८० प्रतिशतभन्दा बढी मानिसमा शारीरिक निष्क्रियता र व्यायामको कमी भएको पाइन्छ । मुटु,मधुमेह, क्यान्सरजस्ता रोग पनि सहरबजारमै बढी भेटिने गरेका छन । यी रोगको रोकथाम र नियन्त्रणका लागि जीवनशैलीका विविध पक्षहरुलाई स्वास्थ बनाउनुका साथै शारीरिक सक्रियता र व्यायाम बढाउनुपर्ने देखिन्छ ।
शारीरिक सक्रियता र व्यायाम दुई फरक अवस्थाहरु हुन । दैनिक जीवनयापनमा नियमित रुपमा संचालन गरिने शारीरिक कार्यबाट सक्रिय वा निष्क्रिय भनी छुट्याइन्छ । शरीरलाई स्वस्थ्य, बलियो, सुगठित, लचकदार, तनावमुक्त राख्न अपनाइने विशेष प्रकारको शारीरिक कार्यलाई व्यायाम भनिन्छ । मानिस शारीरिक रुपले सक्रिय रहनुका साथै नियमित व्यायाम पनि गर्ने गरेमा शरीर स्वस्थ, बलियो र सुखी बन्दछ । नियमित व्यायामले मुटु र फोक्सोलाई ठीक अवस्थामा राख्न सहयोग गर्छ ।
एरोबिक व्यायाम
व्यायाम विभिन्न प्रकार हुन्छन, तौल उठाउनु, खाल्टो वा खेत खन्नु, पौडी खेल्नु, साइकल चलाउनु, लम्केर हिँडनु, योगाशन, प्राणायाम आदि सवै शारीरिक व्यायाम हुन । यस्तै ध्यान, विपश्यना आदि मानसिक व्यायाम हुन । मुटु र फोक्सोलाई स्वस्थ, बलियो र कन्सिनमा राख्न सवैभन्दा प्रभावकारी मानिन्छ, एरोविक व्यायाम ।
लम्केर हिँडने, साइकल चलाउने, पौडी खेल्ने, नाच्ने, पहाड चढने, टे«ड मिलमा कुद्ने आदि एरोबिक व्यायामका उदाहरण हुन । यी व्यायाम गर्दा मुटु र फोक्सोको काम बढछ । शरीरमा अक्सिजनको आवश्यकता बढछ । हातगोडा तथा शरीरका अन्य भागका मांसपेशी सक्रिय हुन्छन । हाडका जोर्नी सक्रिय हुन्छन । सम्पूर्ण शरीर नै सक्रिय हुन्छ । मुटु र फोक्सोले छिटोछिटो काम गरेर शरीरमा बढ्दो अक्सिजनको आवश्यकतालाई पूरा गर्छन । यस प्रकारको व्यायामबाट मुटु र फोक्सो कन्डिसनमा आउँछन र शरीरले धेरै काम गर्नु परेको बेलामा पनि यी अंग थाक्दैनन जसका कारण मानिसलाई स्याँ स्याँ हुँदैन र थकाई पनि लाग्दैन । यो अवस्थालाई राम्रो शारीरिक बोझ सहनशीलताको अवस्था अथवा राम्रो स्टामिना भएको भन्ने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय
Next article नेपालमा ९१ प्रतिशतले एचआइभी संक्रमण घट्यो

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web