• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१०२ वर्षिय डा.दाश सहित पाँच वरिष्ठ चिकित्सकलाई ‘लिजेन्ट इन मेडिसिन’ सम्मान

March 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१०२ वर्षिय डा.दाश सहित पाँच वरिष्ठ चिकित्सकलाई ‘लिजेन्ट इन मेडिसिन’ सम्मान


हेल्थ टुडे,

कठमाडौं, २० फागुन : नेपालको चिकित्सा क्षेत्रमा अमूल्य योगदान गरेका पाँच जना वरिष्ठ चिकित्सकहरुलाई लिजेन्ट इन मेडिसिन सम्मान प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा १०२ वर्षिय डा. गौरीशंकर लाल दाश सहित पाँच जना वरिष्ठ चिकित्सकलाई सम्मान गरेका हुन ।
सम्मानित हुने चिकित्सकहरुमा डा. मृगेन्द्रराज पाण्डे, डा. दिनेशराज गंगोल, डा. डम्बरबहादुर कार्की र डा. सरस्वती पाध्येय छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली चिकित्सक पलायन रोक्नका लागि सरकारले पहल गर्नु पर्ने बताए । आम नागरिकको स्वास्थ्यमा सहज प्राप्त गर्ने वातावरण बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताउदै पौडेलले चिकित्सा पेसालाई सम्पूर्ण चिकित्सकहरुले सेवामुखी पेसाको रुपमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निरोगी नेपाल बनाउने अभियान सफल बनाउन सबैभन्दा पहिले चिकित्सकले खुशी भएर काम गर्ने वातावरण बनाउनु आवश्यक रहेको र त्यस कार्यमा वर्तमान सरकार लागि रहेको बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले व्यवस्था परिवर्तन भए पनि नेपाली चिकित्सकहरुको अवस्था परिवर्तन हुन नसकेको दावी गर्दै चिकित्सकहरुले भयपुर्ण वातावरणमा काम गर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए । ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ चिकित्सक संघले आज आफ्नो स्थापना दिवस मनाएको छ ।
नेपाली चिकित्सकहरुको छाता संगठनको रुपमा नेपाल चिकित्सक संघको स्थापना विसं २००७ साल फागुन २० गते भएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ चिकित्सक संघले स्थापना दिवस मनाउदै
Next article एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ: स्वास्थ्य मन्त्री पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web