• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

सहरिकरणले बढायो मधुमेह

April 24th, 2026 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सहरिकरणले बढायो मधुमेह

डा. ज्योति भट्टराई,
मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौ । कोचीकोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामीमध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । आफ्नो सजिलोका लागि केटाकेटीलाई जडफुडमै टार्ने गर्छौ । खाजा भनेकै चाउचाउ, कुरकुरे, लेजजस्तै तयारी खानेकुरालाई ठान्छौं ।
स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौं । यही अनियन्त्रित खानापानले मोटोपन बढिरहेको छ । सहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारीसाधनमा यात्रा गर्दा देख्न सकिन्छ, तीन जनाको सिटमा तीनजना अटाउनै मुस्किल परिरहेको हुन्छ । यही मोटोपनले उच्च रक्तचाप, श्वासप्रश्वास, मुटु, मिर्गौला रोग मात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा, के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहिलेपहिले झाडापाखाला, हैजाजस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो । अहिले ठीक उल्टो हुन थालेको छ । सरुवा भन्दा नसर्ने रोगको संक्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महँगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्यप्रति सचेत हुनु बपर्छ । विरामी भएपछि डाक्टर छँदैछन वा अस्पताल छँदैछन्नि भन्ने धारणा पालेर बस्नु हुँदैन ।

रोग लाग्न नदिन हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नै पर्छ ।
यदि जीवनशैली परिवर्तन गर्न सकेनौं भने जतिबेला पनि ठूलठूला रोगको संक्रमण गर्ने निश्चित छ । जीवनशैली परिवर्तन गर्नुपर्ने तरिका धेरै छन् । तीमध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो । थोरै भात खाऔं । दुई मुठी चामलको भातभन्दा बढी नखाऔं । त्यसमा पनि सकभर सेतो चामल कम गरांै । भातसँग दाल, सागसब्जी र सलाद खाऔ । एकै पटक धेरै खानुको सट्टा तीन— तीन घण्टाको फरकफरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तीमा चार लिटर पिऔं । मधुमेहबाट बच्न यही खानुपर्छ भन्ने छैन । थोरै थोरै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफूल खाने, पानी बढी पिउने, दैनिक शारीरिक अभ्यास गर्नुगर्छ । जडफुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँजहाँ सडक पुगेको छ, त्यहा मधुमेहका बिरामी बढी देखिन थालेका छन् ।

त्यसको एउटै कारण हो जडफुड । जहाँ सडक त्यहाँ मधुमेह छ अहिले । सहर नहुन्जेल मानिसहरू स्थानीय बजारमा गएर सागपात, तरकारी, फलफूल बेच्दथे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ ।
सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामीण जीवनशैली बदलिदिएको छ । बाटो पुग्यो कित्यहाँ सबैभन्दा पहिले जङफुड पुग्छ । चाउचाउ, कुरकुरे, मुरमुरे पुग्छ । त्यही खान थाल्छन् बालबालिका ।फलफूल बेच्ने पसलेहरू अहिले जडफुड बेच्न थालेका छन् । स्थानीयवासी सागपात खान छोडेर तयारी वस्तु खान थालेका छन् । जसको परिणामस्वरूप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढिरहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन् । सहरमा पाइने अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ । विषादी हालेको तरकारी खाने मानिसमा दुई गुना मधुमेह हुने सम्भावना हुन्छ । मधुमेहका विषयमा सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पूर्ण जानकार छैनन् । उनीहरूलाई मधुमेहसम्बन्धी तालिम दिनुपर्छ । स्कुल वरिपरि तयारी खाना बेच्न प्रतिबन्ध लगाउनुपर्छ ।
मधुमेह सबै उमेरसमूहमा देखिएको छ । युवाअवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समयपहिले धरानमा गरेको एक अध्ययनमा २० वर्ष उमेरसमूहका ७.५प्र तिशतमा मधुमेहको समस्या देखिएको छ ।

राजधानीमा त यो संख्या त्योभन्दा धेरै बढी छ । काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिशत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित दक्षिण पूर्वी एसियाका मधुमेहको संक्रमण चार प्रतिशतबाट वृद्धि भएर ८.५ प्रतिशत पुगेको छ । दक्षिणपूर्वी एसियामा रगतमा अत्यधिक चिनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरूजस्तै मिर्गौलाले काम नगर्ने, मुटुसम्बन्धी रोग र क्षयरोग छन् । मधुमेहको समयमै उपचार नगराउँदा जटिल समस्या आउँछन् । यसले आखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेहसहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ ।
(डा. भट्टराई इन्डोक्रानोलोजिस्ट एन्ड डाइबेटिज विशेषज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन
Next article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Health Today Nepal

Related Posts

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web