• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल

December 22nd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल

सन्ध्या केसी

डा.लोचना श्रेष्ठ काठमाडौंको नगलमा जन्मिइन् । कन्या स्कुलबाट एसएलसी पास गरिन् । पढाइमा सधैं अब्बल रहिन् । पढाइमा उनको निकै रोस हुन्थ्यो त्यो अहिले पनि टुटेको छैन । कक्षामा सधैं प्रथम हुन्थिन् । अमृत साइन्स क्याम्पसबाट आईएस्सी पास गरिन् । आईएस्सीमा पनि उत्कृष्ट नतिजा ल्याएपछि उनलाई सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न बंगलादेश जाने अवसर मिल्यो । लोचनालाई पनि डाक्टर बन्ने सानैदेखिको चाहना थियो । आफ्नो मेहनतले त्यो चाहना पूरा भएपछि उनी खुसी भइन् । एमबीबीएस पढ्न बंगलादेश पुगिन् । चटगाउँ मेडिकल कलेजबाट उनले डाक्टरी सकिन् । एमबीबीएस सकेपछि स्वदेश फर्किइन् । उनको विवाह भयो डा.सुनील श्रेष्ठसँग । लोचनालाई स्त्री रोग विशेषज्ञ हुने मन थियो । तर प्राविधिक कारणले सम्भव भएन । उनका पति डा. सुनील सर्जन थिए । त्यसपछि उनले कम्युनिटी मेडिसिनमा एमडी गर्ने योजना बनाइन् । तर त्यतिबेला उनको आठ महिनाको बच्चा थियो । परिवारले त्यति सानो बच्चालाई लिएर पढ्नका लागि बाहिर जान मानेन सुरुमा । तर लोचनाले पढाइलाई तिलाञ्जली दिन राजी भइनन् । उनले परिवारलाई मनाइन् ।

पढाइ र बच्चा स्याहार्ने दुवै जिम्मेवारी वहन गर्न सक्ने साहस बोकेर उनी एमडी गर्न गइन् मणिपाल । छात्रवृत्तिमा उनले कस्तुरवा मेडिकल कलेजबाट एमडी सकिन् ।  आठ महिनाको बच्चा हुर्काउँदै एमडी गर्दा उनले कम्ती सास्ती खेप्नु परेन । तर उनको सोचेको कुरा गरेरै छाड्ने बानीले दुवै  एकैसाथ अगाडि बढाउन सफल भइन् ।  सन् १९९९ डेसेम्बरमा मा उनले एमडी सकेर स्वदेश फर्किइन् । घर नपुग्दै उनलाई मणिपाल मेडिकल कलेज पोखरामा अफर आयो । केही वर्ष त्यहाँ काम गरिन् । उनलाई अर्को डिग्री लिने हुटहुटी लागिरह्यो । नभन्दै उनले तीन वर्षपछि छात्रवृत्तिमा अस्टेलियाको युनिभर्सिटी अफ सिड्नीमा मास्टर इन् इन्टरनेसनल पब्लिक हेल्थ (एमआईपीएच) गर्ने अवसर मिल्यो । यो डिग्री लिन पनि लोचनाका लागि सहज थिएन । मणिपालमा एमडी गर्ने बेला आठ महिनाको छोरा सँगै हुर्काउने जिम्मेवारी थियो भने अस्टेलिया पढ्ने बेला सात महिनाको छोरी । परिवारमा सल्लाह भयो । बच्चा छोडेर कसरी जाने ? केही दिन त अल्मलमा परिन् उनी । तर उनले जसरी भए पनि डिग्री लिनु थियो । लोचनालाई उनका पति डा. सुनीलले साथ दिए । उनी सात महिनाको छोरी छोडेर पढाइका लागि अस्टेलिया गइन् । सात महिनाको बच्चालाई छोडेर लामो समयका लागि विदेश जानु कुनै पनि आमाका लागि सहज हँुदैन । डा. लोचना आँखामा आँसुु लिएर त्यहा गइन् । उनले ती दिन स्मरण गर्दै भनिन्, ‘६ महिनासम्म त म पागल नै भएँ ।’  अस्टेलियामा उनले एमआईपीएच थेसिस ज्येष्ठ नागरिकको केयर कसरी गर्न सकिन्छ ? भन्ने विषयमा गरिन् ।

त्यही क्रममा उनले त्यहाँका थुप्रै ज्येष्ठ नागरिक स्याहार केन्द्रको अवलोकन र अध्ययन पनि गर्ने मौका पाइन् । त्यहाँका ज्येष्ठ नागरिक स्याहार केन्द्रबाट प्रभावित भएर उनलाई लाग्यो यस्तै स्वास्थ्य उपचार सेवासहितको ज्येष्ठ नागरिक स्याहार केन्द्र नेपालमा पनि खोल्न पाए कति राम्रो हुन्थ्यो । पढाइ सकेर उनी स्वदेश फर्किन् । उनकी सासू लामो समयसम्म बिरामी पर्नुभयो । छोराबुहारी दुवैजना डाक्टर भएकाले समय दिन दुवैलाई मुस्किल । तर समय मिलाएर दुवैले हेरचाह गरे । चौबीसै घन्टा सासूको सेवा स्याहार गर्नुपर्दा डा.लोचनालाई लाग्यो, ज्येष्ठ नागरिकको केयरमा आफूलाई जस्तै अरू धेरैलाई पनि समयको अभाव भइरहेको होला । यो घटनाले उनलाई ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवासहितको आवासीय गृह स्थापना गर्न मनोबल अगाडि बढ्यो ।  नभन्दै उनले सन् २०१२ को अप्रिलदेखि ललितपुरको सानेपा सत््मार्गमा सुरु गरिन् हेल्थ होम केयर नेपाल ।

 

जहाँ स्वास्थ्य उपचार सहित ज्येष्ठ नागरिकको आवासीय सुविधा उपलब्ध हुन्छ । पाँच वर्षपहिले स्थापना भएको यो हेल्थ होम केयरमा अहिले २० जना ज्येष्ठ नागरिक बसिरहेका छन् । तीमध्ये अधिकांश ७५ वर्ष माथिका छन् । अहिलेसम्म दुई सय जना ज्येष्ठ नागरिकले यहाँबाट हेरचाह पाइसकेका छन् । अहिले हजारौं नेपाली काम, पढाइ वा व्यापारका लागि बिदेसिएका छन् ।  उनीहरूका आमाबुबा नेपालमा छन् । विदेशबाट पैसा पठाइदिएर मात्र आमाबुबाको स्याहार सम्भव छैन । डा.लोचना भन्छिन, ‘उनीहरूलाई स्वास्थ्य उपचारसहितको स्याहार केन्द्रको आवश्यकता छ । त्यही आवश्यकता पूरा गर्न हामीले केल्थ होम केयर सञ्चालन गरेका हौं ।’

केयर होममा ज्येष्ठ नागरिकलाई उनीहरूको घरकै वातावरण बनाएर स्याहार गरिरहेको डा.लोचना बताउँछिन् । उनीहरूका आफन्त बेलाबेलामा भेट्न आइरहन्छन् । यहाँ उनीहरूले आवासीय सुविधासहित डाक्टरसहितको स्वास्थ्य सेवा पाउँछन् । बेलाबेलामा प्रि मेडिकल चेकअफ हुने भएकाले समयमै रोग पहिचान गरी उपचार गर्न सजिलो हुने गरेको डा.श्रेष्ठ बताउँछिन् । यस किसिमको हेल्थ होम केयरलाई विस्तार गर्ने डा.लोचनाको योजना छ । उनी भन्छिन्, ‘काठमाडौंमा मात्र नभएर यस किसिमको हेल्थ केयर होमको आवश्यकता देशका अन्य सहरी क्षेत्रमा पनि छ ।’ अब बनाउन लागेको हेल्थ केयर होम शुल्कसहित र निःशुल्क गरी दुई किसिमका ज्येष्ठ नागरिकले बस्न पाउनेछन् । आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकको स्याहार पैसाका कारण रोकिने अवस्था नहोस् भन्ने अभिप्रायले सक्नेले तिर्ने र नसक्नेलाई निःशुल्क मोडालिटीमा आवास गृह सञ्चालनमा ल्याउने योजना रहेको डा.सुलोचना सुनाउँछिन् ।

ज्येष्ठ नागरिको स्वास्थ्य उपचारसहित केयर होमको नयाँ अवधारणा नेपालमा विस्तार गरेको भन्दै डा.लोचनालाई जेरियाट्रिक सोसाइटी अफ इन्डियाले हालै फेलोसिप प्रदान गरेको छ । नेपाली सेना मेडिकल कलेजको कम्युनिटी मेडिसिनको विभागीय प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डा.लोचना भन्छिन्, ‘मैले नेपालमा गरेको सेवाको विश्व समुदायमा परिचित हुन मौका पाएको छु । ज्येष्ठ नागरिकको केयर गर्न पाउँदा म खुसी छु ।’ हरेक परिवारले जेष्ठ नागरिकलाई सम्मान, माया र हेरचाह गर्ने वातावरण बनाउनुपर्ने अभियानलाई अगाडि बढाइरहेकी छिन् । ज्येष्ठ नागरिकप्रति स्नेह र माया नै आफ्नो लागि मेरो एकमात्र प्राथमिकता रहेको अहिलेसम्मको कमाइ र अवार्ड भनेकै यही भएको डा.लोचना बताउँछिन् । उनी भन्छिन्, ‘मेरो बाँकी जीवन पनि ज्येष्ठ नागरिककै हेरचाह र उहाँहरूको अधिकार प्राप्तिका लागि लगाउनेछु ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हाम्रो स्वास्थ्य र मन्दिरमा मदिराको विज्ञापन
Next article रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web