• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

August 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

हेल्थ टुडे,
काठमाडौ,१८ साउनः स्वास्थ्यमा समस्या देखिएपछि विशेषज्ञ चिकित्सकको राय लिन र स्वास्थ्यको ‘फलो अप’ परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सााझ सिंगापुर जाँदैछन् । नियमित औषधि सेवनसँगै अनिदो बस्न नहुने, न्युनतम सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले दिएको सुझाव वेवास्ता गरेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएको हो ।

एकसाता अघि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहोन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कोठा खाली नभएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँच गर्न सिंगापुर जान लागेका हुन । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंहले अहिले विशेषज्ञ डाक्टरको राय लिन प्रधानमन्त्री ओली सिंगापुर जान लागेको जानकारी दिईन् ।

उनका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । ओलीको सुगरको मात्रा तलमाथि हुने गरेको चिकित्सकले बताएका छन् । यसअघि बैंककमा भएको स्वास्थ्य परीक्षणमा उनको मिर्गौलाको अवस्था सामान्य रहेको बताइए पनि दाहिने हात सुन्निएपछि छालाको बायोस्पी गरिएको र त्यसमा देखा परेका समस्याहरुको उपचार गरिएको थियो ।

कडा औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीको झण्डै १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको ‘बलुन डाइलेसन’ पछि उपचार भएको थियो । प्रधानमन्त्री ओलीले सेवन गरिरहेका कतिपय औषधिले थकान कम गर्ने, शक्ति दिने र वान्ता हुनबाट बचाउने गरेको उनको स्वास्थ्यको निगरानी गरिरहेका चिकित्सकले दावी गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिरामीको चाप बढेपछि अस्पतालको सेवा विस्तार गर्न माग
Next article एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web