• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी कम हुन्छ महिनावारीका बेला हुने दुखाई

December 8th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी कम हुन्छ महिनावारीका बेला हुने दुखाई

डा. सरिता विष्ट

मासिकस्रावका बेला हुने दुखाईका लागि जता गए पनि महिलाले समान उत्तर पाउँछन्, यस्तो आमरूपमा हुन्छ नै । बिहेपछि ठीक भइहाल्छ, आत्तिनु पर्दैन । त्यसपछि उनीहरूलाई केही पेन किलर दिइन्छ दुखाइ कम गर्न ।त्यसो भए बिवाहपछि महिनावारीको दुखाई कम हुन्छ त ? अथवा यसको अर्थ नियमित यौनसम्पर्कले यो दुखाइ कमगर्छ भन्ने हो त ? यो प्रश्नको जवाफ भने चिकित्सकहरूले खासै दिँदैनन् । . महिनावारीमा दुखाई निकै पीडादायी हुन्छ ।  असह्य  दुखाइ भएपछि उपचारको क्रममा गए पछि पेन किलरबाहेक अरू कुनै औषधि उनीहरूले  पाउँदैनन् ।

केही चिकित्सकहरूले अप्रेसन गर्नुपर्छ भन्छन् भने केहीले बिहापछि ठीक हुन्छ भन्छन् ।  सत्य के हो त ?यही विषयमा पत्ता लगाउन हालैमात्र एउटा अनुसन्धान गरिएको छ । अनुसन्धानमा ऐडोमेट्रिम र सेमिनलफ्लुडका कारण महिनावारीका बेला दुखाइ बढ्ने खुलासा भएको छ ।  तर सेक्स र यी फ्लुडको  आपसी सम्बन्ध के हुन्छ भन्ने  बारेमा थप अनुसन्धानको खाँचो रहेको अनुसन्धानले देखाएको छ ।. एन्डोमेट्रोसिस भनेको त्यस्तो दुखाइको अवस्था छ, जतिखेर सामान्य अवस्थामा पाठेघरभित्रका केही तन्तुहरू पाठेघर बाहिर हुर्किन्छन् ।अनुसन्धानमा यस्ता तन्तुहरूको विकास र सेमिनलफ्लुड (यौन उत्तेजना या सम्पर्कका बेला बग्ने सेतो तरल पदार्थ)का बीचमा सम्पर्क हुँदा प्रजननको उमेरमा १० प्रतिशत महिलाहरू प्रभावित हुने गर्दछन् ।अस्टेलियाको विश्वविद्यालयका सहलेख जोनाथनका अनुसार, प्रयोगशालाको अध्ययनमा सेमिनलफ्लुडले सर्भाइभल र एन्डोमेट्रोसिसिको नोक्सानीलाई बढावा दिने पाइएको थियो । एन्डोमेट्रोसिस माथि भनिएझै पाठेघर बाहिर विकास हुने तन्तु हो । यसलाई ट्युमर पनि भनिन्छ । यो ट्युमर महिलाहरूमा मात्रै हुन्छ । यो ट्यूमर विकास भएको बेला निकै दुख्ने गर्दछ । महिलामा पिरियड सुुरु भएदेखि पाँचदेखि सात दिन अगाडि तल्लो पेटमा अत्यधिक दुखाइ हुन्छ ।

यो दुखाइ पिरियडको दुईदेखि चार दिनपछिसम्म पनि रहने गर्दछ । तर यौनसम्बन्धले गर्दा यो ट्युमर घट्छ त ? भन्ने कुरा भने यकिनका साथ भन्न सकिएको छैन ।  केही चिकित्सकहरूले भने यौनसम्पर्क हुँदा पाठेघर भित्र र बाहिर संकुचनमा रहने तन्तु र रक्तकोशिकाहरूमा रगत प्रवाहतीब्र हुने भएकाले यसले महिनावारीको दुखाइ कम गर्छ भन्ने गर्दछन् । एकजना यौन थेरापिस्ट जडिथगोल्डनका .अनुसार चरम उत्कर्षको बेला मानिसको मस्तिष्कमा प्राकृतिक रूपमा नै दुखाइ कम गर्ने रसायन उत्पन्न हुने गर्छन् र यसले महिनावारीको बेलाको असह्य पीडा कम गर्न मद्दत हुन्छ ।

अर्कोतर्फ नियमित यौनसम्पर्कले महिलाको शरीरमा उत्पन्नहुने  हर्मोनमा समेत परिवर्तन हुन्छ । . हर्मोनमा हुने परिवर्तनले शरीरभित्र र बाहिर समेत सामान्य परिवर्तन देखिन्छ ।. यसले गर्दा यौनांगमा हुने  संंकुचन कम हुने र दुखाइ कम हुने कतिपय बताउछन ।  . यौन सम्पर्कले महिलाको मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्ने र रक्तसञ्चार प्रणालीलाई नियमित गर्ने भएकोले यसले दुखाईमा मात्र नभएर समग्र स्वास्थ्यमा सकारात्मक असर पार्ने कुरामा भने दुईमत हुन सक्दैन । तर यौनसम्पर्क भने आनन्दादायी, दबाब रहित वातावरणमा हुनैपर्छ ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मी किन लुकाउछन आफना स्वास्थ्य समस्या
Next article पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132693
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web