• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ

December 27th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ

डा. ऋषिकुमार काफ्ले,

किड्नीले हामीलाई बचाएको हुन्छ । त्यसैले हामीले किड्नी बचाउन जान्नुपर्छ । किड्नी बिग्रिसकेपछि यसको उपचार सहज हुँदैन । कि त प्रत्यारोपण गर्नुपर्छ नभए डाइलासिस गर्नुपर्छ । यी दुवै सजिलो काम होइन । किड्नी बिग्रिसकेपछि उपचारमा जानुभन्दा किड्नी बिग्रिनै नदिने उपाय अपनाउनुपर्छ । प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन मिर्गौला परीक्षण गरौं । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशत नेपालीलाई आफ्नो किड्नीका विषयमा जानकारी छैन । पहिलेको तुलनामा यसको उपचार केही सहज भएको छ । अहिले स्वदेशमै किड्नी प्रत्यारोपण गर्ने सुविधा छ । किड्नीमा समस्या देखियो भने जिन्दगी सकियो भन्थे । धनीमानी बाहेकको पहुँचमा थिएन उपचार सेवा । उपचार महँगो थियो । प्रत्यारोपण त झन् महँगो । तर हामीले हरेस खाएनौं । लागिरह्यौं । अहिले सरकारले डाइलासिस निःशुल्क गर्यो । गरिब जनताको पनि उपचारसम्म पहुँच बढेको छ । तर बिरामीको संख्या भने तीव्र गतिमा बढेको छ । २६ लाख किड्नीका बिरामी छन् । हरेक वर्ष १० हजार नयाँ मिर्गौलाका बिरामी थपिने गरेका छन् ।
सरकारले डाइलासिस निःशुल्क गरिदियो । यतिले मात्र पुग्छ त ? के डाइलासिस गराउनु राम्रो हो ? प्रश्न उब्जेको छ, ‘के हामी अब डायलासिस गरेर मात्र बस्छौं त अब ?’
अब हामीले किड्नी प्रत्यारोपण र डाइलासिसतिर मात्र ध्यान केन्द्रित गर्ने होइन । किड्नी बचाउनतिर लाग्नु आवश्यक छ । सरकारले डायलासिस निःशुल्क दिएकै त छ नि भनेर किड्नी बचाउनतिर नलाग्ने हो भने भविष्यमा यसले भयावह स्थिति ल्याउने निश्चित छ । किड्नीका रोगीको संख्या लाखौं हुन थालेपछि सरकारले निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउन सक्ला त ? यहाँ पनि शंका छ । सरकारले यसका विषयमा व्यापक जनचेतना विस्तार गर्नु आवश्यक छ । उपचार गराउनुभन्दा रोगै लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्छ ।
प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन किड्नी परीक्षण गरांै । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशतलाई आफ्नो मिर्गौला कस्तो अवस्थामा छ भन्ने थाहा छैन । किड्नीले तपाईंलाई बचाएको छ । त्यसलाई तपाईंले नै बचाउनु पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी
Next article भट्टलाई कोरियामा आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web