• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यी हुन यौन आनन्द प्राप्त गर्ने  पाँच चरण 

January 3rd, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन यौन आनन्द प्राप्त गर्ने  पाँच चरण 

डा. खेम कार्की,

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ । अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता  हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ ।

एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन । सम्भोगको  अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।

चाहना

यौन आनन्दको पहिलो चरण हो, चाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ ।

उत्तेजना

यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले  पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

धारणा

यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उचालिएकोे, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

चरम आनन्द

यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ । सहवासको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन् । तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब बसपार्कमै स्वास्थ्य जाचको सुविधा  
Next article लाइसेन्स परीक्षामा ४१ %डाक्टर फेल

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web